
केप कड नेपाली समाजद्वारा बाढी–पहिरो पीडितका लागि रु. ४५ लाख भन्दा बढी सहयोग
मकै हाउस मिडिया,
केप कड – नेपालमा हालै आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित तथा पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहतका लागि केप कड नेपाली समाजले आर्थिक सहयोग गरेको छ।
समाजको पहलमा केप कडवासी दाताहरूबाट रकम संकलन गरी $29,586.00 अमेरिकी डलर अर्थात् नेपाली करिब रु. ४५ लाख २६ हजार ६ सय ५८ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सेप्टेम्बर १८, २०२६ मा जम्मा गरिएको समाजले जनाएको छ।

विपद्को कठिन समयमा पीडित परिवारहरूको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको उल्लेख गर्दै समाजले सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
साथै, संसारभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो स्थानबाट सक्दो आर्थिक, भौतिक, नैतिक तथा मानवीय सहयोग गर्न समाजले हार्दिक अनुरोध गरेको छ।



