
न्युजर्सीमा हृदयघातका कारण किशोर बिश्वकर्माको निधन
मकै हाउस मिडिया,
न्युजर्सी । संयुक्त राज्य अमेरिकाको न्युजर्सीमा हृदयघातका कारण किशोर कुमार बिश्वकर्माको निधन भएको छ ।
गत अक्टोबर ३ शनिबार सॅाझ हृदयघातका कारण बिश्वकर्माको निधन भएको हो । एक बर्ष अगाडीमात्र संयुक्त राज्य अमेरिका पारिवारिक भिषा मार्फत २ छोरा सहित आएका थिए । मृतक बिश्वकर्मा लायन्स क्लव क्विन्स बुद्ध, न्युयोर्ककी पुर्ब अध्यक्ष तथा महिला अधिकारकर्मी/अभियन्ता रिमाया नेपालीकी धर्मपती हुन् ।

गत शनिबारै ग्रिनकार्डका निमित्त फिंगरप्रिंट दिएर आएका थिए । पछि घरमा उनि मृतक अवस्थामा फेला परेको हो । मृतक बिश्वकर्माको अन्तिम संस्कार भोली अक्टोबर ७,२०२६ बुधबारका दिन न्युजर्सी स्थित रोजडेल सेमैटेरीमा हुने भएको छ ।
यस् दुखद परिस्थितीमा मृतक आत्माको चुर शान्तीको कामना सहित परिवारमा धैर्य धारण गर्ने शक्ती प्रदान गरुन् , हामि मकै हाउस मिडिया परिवार भगवान संग प्रार्थना गर्दछौ ।

