Banner

भोटेकोशी बाढीपीडितका लागि न्यूजर्सी नेपाली समाजद्वारा रु ८५ लाख सहयोग

 

मकै हाउस मिडिया, 

न्यू जर्सी, अमेरिका। विनाशकारी भोटेकोशी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि न्यूजर्सी नेपाली समाजले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५४ हजार ९९८ अमेरिकी डलर ४५ सेन्ट (रु. ८४ लाख १४ हजार ६९४) सहयोग गरेको छ।

गत अक्टोबर ८, २०२६ बिहिवारका दिन आयोजित औपचारिक कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय लिमा अधिकारीको उपस्थितिमा समाजका अध्यक्ष कल्याण श्रेष्ठले सहयोग रकमको डमी चेक नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो।

यस मानवीय सहयोगका लागि नेपाली महावाणिज्यदूतावासले न्यू जर्सी नेपाली समाजप्रति हार्दिक आभार व्यक्त गरेको छ । 

 

 

Loading...