Banner

अस्ट्रेलियामा छोटो समयमा धेरै पैसा कमाऊने लोभमा नेपाली बिधार्थिहरु फस्दै

विदेशमा छोराछोरी पठाउनेले पैसा कमाएकै छन् भन्दैमा अभिभावकले ढुक्क भएर बस्ने अवस्था छैन।पछिल्लो दुई वर्षमा अस्ट्रेलियामाचाडै धनी हुने सोचमा बहकिएका आधा दर्जन नेपाली विद्यार्थी यतिखेरस्क्याम काण्डमा मुछिएर अभियुक्तका रूपमा जेलजीवनभोगिरहेका छन्।भारत काठमाडौंमा बसेर केही भारतीय स्क्यामरले अस्ट्रेलियाका आफ्ना एजेन्टमार्फत बैंक खाता ह्याकलगायतस्क्याममा नेपाली विद्यार्थी प्रयोग गरिएको पाइएको छ।अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत मुलुकबाट ग्राहकको सुविधाका लागिखोलिएका कल सेन्टरहरू संसारभर छन्। यस्तै खाले कल सेन्टरको नक्कली कल प्रयोग गरी एटीओ, चिठ्ठा, बैंक खाता, माइक्रोसफ्टलगायतका विषय लिएर विद्यार्थीलाई प्रयोग गर्ने स्थानीय वृद्धबृद्धा लक्षित गरेर अवैध धन्दा सञ्चालन गरिँदै आएकोदेखिएको छ।

केही महिना अघि नेपाली विद्यार्थी विराटनगरकी नेहा गिरी काठमाडौंका आयुष भट्टराई यस्तै स्क्याम ठगी काण्डमा पक्राउ परे।अष्ट्रेलियाका वृद्धवृद्धालाई बैंक कर्मचारीका रूपमा चिनाउँदै उनीहरूको बैंकिंङ सूचना चोरी भएको भन्दै नयाँ बैंक खाता खोर्न उनीहरूकोघर घरमा जाने क्रममा पक्राउ परेका थिए। आफूलाई ठगी गरेको थाहा पाएपछि ती वृद्धाले दिएको उजुरीका आधारमा उनीहरूलाईप्रहरीले २२ जुन २०२० मा पक्राउ गरेका थियो। १४ महिना जेल सजाय भोगेका दुवै विद्यार्थीलाई अस्ट्रेलिया सरकारले नेपाल डिपोट गर्नआदेश दिइसकेको छ।यस्तै केही महिनाअघि बैंक स्क्याममा हंसवी बस्ने तीन नेपाली विद्यार्थी माउन्ट ड्रुडबाट पक्राउ परे। उनीहरू हालअदालती प्रकृयामा छन्। तेलोपीयामा एक वृद्धासँग ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले प्रक्राउ गरेको थियो। अष्ट्रेलियामा कामनगरी सहजै पैसा कमाउने प्रलोभनमा लाग्ने नेपाली युवा यस्तै चक्करमा लाग्दा प्रहरी फन्दामा परेका छन्।

अस्ट्रेलियामा पढ्न गएका आफ्ना छोराछोरीको जीवन शैली ह्वात्तै फेरिएको मनग्गे पैसा पठाउन थाले भनेर मख्ख पर्ने अवस्था छैन।यसबारे अभिभावकले सोध्न बुझ्न जरूरी छ। किनकि, विदेशमा पैसाको रूख हुन्न भन्ने कुरा जान्नु जरूरी हुन्छ।अस्ट्रेलियाकोविश्वविद्यालयमा पढ्ने विध्यार्थीले चर्को शैक्षिक शुल्क तिर्नुपर्ने हुन्छ। तर यहाँ विद्यार्थीका रूपमा काम गर्नेले कमाएको पैसाले सामान्यखान बस्न पढाई खर्च पुग्छ। तर फजुल खर्च बिलासी जीवनतिर ढल्कन लागेका छन् भने त्यसमा शंका गर्ने ठाउ पक्कै हुनेएनआरएनका पूर्व महासचिव डा. ज्ञानेन्द्र रेग्मीले बताए।पढाइ महंगो शैक्षिक शुल्क तिरेर पठाएको छोराछोरीका धाक रवाफ खर्चबर्च निकै बढेको भनेर मख्ख नपरी त्यसको पछाडिको रहस्य खोजिनुपर्छ,’ रेग्मीले भने, ‘आफ्ना सन्तान कतै गलत प्रवृत्तिमा लागेका छैनन् भन्ने हेक्का अभिावकले राख्नैपर्छ नत्र पछि पछुताउनुबाहेक केही हुन्न।एकाउन्ट ह्याक भयो भन्ने विभिन्न स्क्याम मार्फत अरूकोखातामार्फत पैसा ट्रान्सफर गरेर यताका एजेन्टलाई १० देखि ४० प्रतिशतसम्म दिने बाँकी रकम भारत अन्य मुलुकमा बस्ने मुख्यस्क्यामरलाई पठाउने ठगी धन्धामा संलग्नको खोजी प्रहरीले तिब्र पारेको छ। घर बसीबसी घन्टाको आकर्षक यति डलर उति डलर भन्नेम्यासेज आएका छन् भने सावधानी हुनुहोला, यसले तपाईँलाई पनि गलत धन्दामा प्रयोग गर्न लागेको हुनसक्छ। यस्तो ठगिका घटनामामुख्य आरोपी स्क्यामरहरु बिदेशमा रहेकाले बच्ने एजेन्ट बनेका विद्यार्थी दोषि ठहरिने हुन्छन्। जुन पछिल्लो अस्ट्रेलियाको परिदृष्य हो।यस्ता अन्तर्राष्ट्रिय ठग गिरोहले नेपालमा पनि चिठ्ठा पर्‍यो भन्दै बधाई दिने सो पैसा नेपाल ल्याउन केही रकम दस्तुर लाग्ने भन्दै ठगीगरिरहेको कयौं घटना घटेका छन्। यो हाम्रो नयाँ पुस्तामा देखिएको पैसा कमाउने चाडै धनी हुने महत्वाकांक्षाको परिणति भएकोप्रवासी नेपाली एकता समाज अध्यक्ष अजय राजवंशीले बताए।चालिस पचास लाख तिरेर उच्च अध्ययनका लागि अस्ट्रेलिया पठाएकाछोरा छोरीहरू के गरिरहेका छन् भनेर बेला बेलामा अभिभावकले ध्यान पुर्‍याउनु पर्ने राजवंशीले बताए।

अष्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थी हुन् या नेपाली समाज अनलाईनबाट हुनसक्ने ठगी अर्थात स्क्यामबारे थप सचेत हुनुपर्ने अवस्थाआएको छ। पछिल्लो महिनाको अवधिमा मात्रै अष्ट्रेलियामा करिब साढे सय मिलियन डलर ठगी भएको सरकारी तथ्याङ्कसार्वजनिक भएको छ। यो तथ्यांक अष्ट्रेलिया सरकारको स्क्यामवाच भन्ने निकायले सार्वजनिक गरेको हो।सबैभन्दा बढी फेसबुक चिठ्ठा, पिरामिड शैलीको व्यापार क्रिप्टो करेन्सीको नाममा स्क्याम हुने गरेको छ। क्रिप्टोकरेन्सीको स्क्यामबाट मात्रै सन् २०१९ पछिल्लो महिनामा १४.७६ मिलियन डलर ठगी भएको स्क्याम वाचको तथ्यांक छ। नेपालबाट आउने सोझा विद्यार्थी भाइबहिनीलाई नेपालीमूलका वा अन्य व्यक्तिले सय डलरको लोभ देखाई फसाएका थुप्रै घटना सार्वजनिक भइसकेको हुँदा मेहनत नगरी पैसा कमाउनेप्रलोभन कसैले दिएमा सावधान रहन कानुनविद शम्सेरशिंह थापाले सल्लाह दिएका छन्।तिम्रो बैंक खाता नम्बर देउ, त्यसमा यति रकमआउँछ, तिमीले झिकेर ल्याउ, त्यो काम गरे बापत तिमीलाईयतिरकम दिन्छौं अनि फलानो ठेगानामा गएर यो समान देउ, उसले दिएकोसमान हामीलाई देउभन्ने जस्ता कार्यमा संलग्न नहुन कानुनविद थापाले विद्यार्थीलाई सचेत गराएका छन्। राहदानी (पासपोर्ट), चालकअनुमति पत्र, बैंक कार्ड, ट्याक्स फाइल नम्बर या आफ्नो जन्म मिति ठेगाना खुल्ने कागजात जो कोहीलाई दिन नहुने भन्दै थापाले भने, ‘ती कागजातको आधारमा बैंकबाट लोन झिकिदिने, मोबाइल फोन निकाल्ने, सरसमान खरिद गर्ने, नयाँ खाता खोलेर मनी लान्डरिंगगर्ने, ट्याक्सबाट मनपरी रकम क्लेम गर्ने जस्ता गलत कार्य हुन सक्छन्। ( हेमन्त काफ्लेले लेखेको यो सामग्री सेतोपाटीबाट लिईएकोहो)

Loading...