Banner

मेसीले ला लिगा–२ को क्लब एल्डेन्से किनेका छन् ।

 

मकै हाउस मिडिया, 
म्याड्रिड — अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसी स्पेनको दोस्रो श्रेणी ला लिगा–२ मा खेल्ने सीडी एल्डेन्सेको नयाँ मालिक बन्ने भएका छन्। मेसीले क्लबको १०० प्रतिशत शेयर खरिद गर्न प्रारम्भिक सहमति गरेका छन्। 

क्लबका वर्तमान मालिक TH Soluciones Group S.A.S. बाट सम्पूर्ण शेयर खरिद गर्ने सहमति भएको हो। यद्यपि, खरिद प्रक्रिया पूरा हुन बाँकी कानुनी तथा संविदात्मक प्रक्रिया, ‘ड्यु डिलिजेन्स’ र स्पेनको हाई काउन्सिल फर स्पोर्ट्स (CSD) को अनुमति आवश्यक रहेको छ। 

सन् १९२१ मा स्थापना भएको एल्डेन्से स्पेनको दोस्रो डिभिजनमा प्रतिस्पर्धा गर्दै आएको क्लब हो। मेसीले यसअघि सन् २०२६ मै क्याटालोनियाको पाँचौँ श्रेणीको क्लब यूई कोर्नेला पनि खरिद गरेका थिए। एल्डेन्से खरिदसँगै मेसीले खेलाडीका रूपमा मात्र नभई फुटबल क्लब स्वामित्व र व्यवस्थापनमा पनि आफ्नो छुट्टै नेटवर्क विस्तार गर्ने संकेत दिएका छन्। 

क्लब मालिकका रूपमा मेसीको यो कदमले स्पेनिस फुटबलमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

 

Loading...