
हामी नेपाली ग्लोबल क्यालिफोर्निया च्याप्टरको नेतृत्वमा मदन पाण्डे
मकै हाउस टिभी एण्ड न्युज, श्याम स्म्रित
क्यालिफोर्निया । विश्वभरका नेपालीहरुलाई जोड्ने महान अभियानमा लागेको जाति, धर्म तथा राजनीतिवाट माथि रहेर कार्य गर्दैआएकोहामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ। अध्यक्ष मदन पाण्डेको नेतृत्वमा हामी नेपाली ग्लोवलकोक्यालिफोर्नियामा च्याप्टर गठन भएको हो।
क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सर्वसम्मत रुपमा भएको कार्यक्रममा च्याप्टरको प्रथम उपाध्यक्षमा मुना प्यकुरेल, द्वितीयउपाध्यक्ष अर्जुन पौडेल, तृतीया उपाध्यक्ष मदन तमाङ, महासचिवमा नवा तिवारी, सचिव गणेश भट्टराई, कोषाध्यक्ष रोशन अधिकारी, सह–कोषाध्यक्ष तुला राम बजगाइँ चयन भएको छ। त्यस्तै, महिला संयोजक ममता बुढाथोकी, युवा संयोजक बाविन थापा, संस्कृति रमनोरञ्जन(संयोजक कृष्णा बुढाथोकी र सजन बोहोरा छन्।
प्रमुख कार्यकारी अधिकृत रोशन अधिकारी, जनसंपर्क अधिकृत हेम बहादुर ठकुला र जोसेफ घले चयन भएका छन्। सदस्यहरुमाबिकास ठकुरी, राम कृष्णा भट्टराई, हर्क भण्डारी, इन्दिरा कार्की, राधा आचार्य, बिजय चौधरी, प्रकाश बिस्ट, नवराज मुड़वरी, नीरकाजीगुरुङ, अंङ छिरिंङ शेर्पा, महेश राणा मगर,ऋषि ढकाल ,किशोर बिष्ट रहेका छन्।

गठन कार्यक्रममा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले संस्था स्थापना गर्नुको आवश्यकता तथा औचित्यमाथि प्रकाशपारेका थिए। त्यसैगरी समाजका उपाध्यक्ष टेक लामा, एनआरएनए क्यालिफोर्निया आर सी श्रीराम थापा, एन आर एनका अभियन्ताबिजय कुमार चौधरी लगायतले शुभकामना दिएका थिए।
हामी नेपाली ग्लोबलका स्पोर्ट डाइरेक्टर मोहन वाइवाले निकट भविष्यमा खेलकुद अभियानलाई अगाडि बढाउने बताउँदै सकेको सहयोगगर्न सबैमा अपिल गरेका थिए।
त्यस्तै समाजका निवर्तमान आरसीसी रोशन अधिकारीले क्यालिफोर्निया मात्र नभएर अन्य राज्यमा पनि च्याप्टर छिटै विस्तार गठन गरेरसंस्थालाई बलियो बनाउनुपर्ने कुरा राखेका थिए । तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेवाङ लामाको समेत उपस्थिति थियो।एन आर एनका सक्रिय क्यालिफोर्निया च्याप्टरको युवा जोसेफ घलेले पूर्ण समाज निर्माणको लगि समर्थन र सहयोग गर्नेहरुलाईसंस्थाले हिरो अवार्डवाट पुरस्कृत गर्ने गरेको खुलासा गरे । कार्यक्रम रोशन अधिकारीले संचालन गरेका थिए।