Banner

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मधेस प्रदेशको पहिलो बैठक सम्पन्न।

 

मकै हाउस टिभी एण्ड न्युज, राजु तामाङ,

नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मधेस प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ। बुधबार महोत्तरीको बर्दिबास उद्योग वाणिज्य संघको सभाहलमा महासंघले पहिलो बैठक सम्पन्न गरेको हो।

मधेस प्रदेशको ८ वटा जिल्लाबाट सिमित प्रतिनिधिहरुको उपस्थिति गराई बैठक सम्पन्न गरेको हो। केन्द्रीय सर्कुलर अनुसार विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गर्दै यथा शीघ्र प्रदेश कमिटीको अधिवेशन आयोजना गर्ने उद्देश्यले तीव्र रुपमा संगठन निर्माण गर्ने तयारी थालिएको महासंघले जनाएको छ।

बैठकले आगामी भदौ ६ र ७ गते प्रदेशको अधिवेशन आयोजना गर्न दुर्गा ग्याबाकको संयोजकमा १ सय ५१ जना रहेको आयोजक कमिटी गठन गरेको छ। आयोजक कमिटीको आगामी २८ गते पहिलो बैठक बस्ने आयोजक कमिटीले जानकारी गराएको छ।

आगामी साउन २५ गते भित्र ८ वटै जिल्लाहरुमा भेला सम्पन्न गर्न जिल्लागत रुपमा संयोजक र सह संयोजक तोकि जिम्मेवारी प्रदान गरेको छ। यस अघि सप्तरी जिल्लाको अधिवेशन सकिसकेकाले बाँकी जिल्लाहरुमा भोलिबाट सिरहाहुँदै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको अधिवेशन सकाउने महासंघको केन्द्रीय महासचिव पेम्बा गुरुङले जानकारी दिनु भयो।

प्रदेश ईन्चार्ज देव नारायण चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा महासंघका सह-ईन्चार्ज पासाङ शेर्पा, राजकुमार लेखी लगायतका थुप्रै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

 

 

Loading...