Banner

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सर्लाहीको नेतृत्वमा चन्द्र दोङ सर्वसम्मतले चयन।

 

मकै हाउस टिभी एण्ड न्युज,राजु तामाङ, 
साउन २२ गते आइतबार 

सर्लाही । नेकपा एमाले निकट जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सर्लाहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जिल्ला महासंघको नेतृत्वमा चन्द्र दोङ तामाङको अध्यक्षता रहनेगरी ६५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले नेतृत्व चयन गरेको हो।

नेकपा एमालेको केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज कमला देवी महतोको प्रमुख आतिथ्यता र महासंघका प्रदेश सह-ईन्चार्ज तथा नेकपा एमाले सर्लाही जिल्ला कमिटीका सचिवालय सदस्य शान्ति लामाको अध्यक्षतामा लालबन्दी ६ मा रहेको मदन आश्रित भवनको सभा हलमा आइतबार अधिवेशन सम्पन्न गरेको हो।

महासंघको केन्द्रीय कमिटीको सर्कुलर अनुसार मधेस प्रदेशको ८ वटै जिल्लामा अहिले धमाधम जिल्ला अधिवेशन आयोजना गर्दैछन २५ गते भित्र जिल्ला अधिवेशन सकाएर प्रदेशको अधिवेशनको लागि तयारी गर्ने महासंघले जनाएको छ।

अधिवेशनमा सर्लाही जिल्लाका सह – ईन्चार्ज रन्जना सरकार, केन्द्रीय सदस्य तथा बरहथवा नगरपालिकाका नगर प्रमुख कल्पना कटुवाल, प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य हरि उप्रेती, मनोज देवकोटा, महासंघका उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज देव नारायण चौधरी, महासचिव पेम्बा गुरुङ भोटे, महासंघका संस्थापक केन्द्रीय सदस्य राजकुमार लेखी, पार्टीका जिल्ला सहसचिव पार्वती विश्वकर्मा, जिल्ला सदस्य तथा हरिवन नगरपालिकाकी उप-प्रमुख हरि माया घलान लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

 

 

Loading...