Banner

२८ औं विश्व आदिवासी दिवस अन्तर्क्रिया कार्यक्रम गरी मनाइयो।

 

 

मकै हाउस टिभी एण्ड न्युज, राजु तामांग

सर्लाही ।आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका भन्ने मुल नाराका साथ सर्लाही लगायत देशैभर र अन्तर्राष्ट्रिय रुपमा आज २८ औं विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएका छन।

जनजाति महासंघ आबद्ध विभिन्न संघसंस्थाहरुले देशै भर विभिन्न कार्यक्रमको आयोजना गरि देशव्यापी रुपमा आदिवासी दिवसलाई भव्य तरिकाले मनाइएको हो। त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ सर्लाही जिल्ला समन्वय परिषदको भवन घुर्कौलीमा आज एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै दिवसलाई मनाएको छ।

पछिल्लो समय महासंघ आबद्ध विभिन्न जातीय संस्थाहरु र महासंघ नै जिल्लामा सुस्ताएको बेला यो वर्षदेखि पुनः आदिवासी दिवसलाई सशक्त रुपमा मनाउन थालिएको हो। केही वर्षदेखि जनजातिको अभियान र कार्यक्रमहरु सुस्ताएको बेला फेरी एकपटक बुत्याउने काम महासंघले अभियान सुरु गरेको जनजाति अभियन्ताहरुले बताएका छन।

जनजातिका अगुवा तथा कार्यक्रमका अतिथि उदय नारायण चौधरीले आदिवासी दिवस कहिलेदेखि? किन? र यस दिवसलाई मनाउनुको उद्देश्य के हो? भनेर प्रष्ट पारे आदिम कालदेखि आदिवासी जनजातिहरुले आफ्नो जंगल सँग जोडिएको जीबनकाललाई पछिल्लो समयमा देशमा बनेको संविधान र कानुनले विस्तारै जनजाति र प्रकृति सँगको नाता सम्बन्धबाट टाढा बनाइएको कुरालाई थप जोड दिए।

विभिन्न समयमा जनजातिको आन्दोलन र हक अधिकार स्थापित गर्न अग्रणी भुमिका निर्वाह गर्ने जनजाति अभियन्ता तथा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले पछिल्लो समय जनजातिहरुको संगठन अलि सुस्ताएको हो की भन्ने कुराको चिन्त व्यक्त गर्नु भयो। जनजाति नेताहरुले आउने दिनमा यी कुरालाई प्राथमिकतामा राखी वृहत छलफल गर्दै सच्चिएर जान महासंघलाई सल्लाह व्यक्त गरे। जहिले पनि आफु नसच्चिए सम्म केही नहुने बताए उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि माननीय बेची लुङ्गेली ज्यूले कार्यक्रमको आयोजना गर्दै आफुलाई पनि सम्झेकोमा धन्यबाद व्यक्त गर्नु भयो महासंघले राम्रो योजनाहरु बनाउँदै आउनु भएको खण्डमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। आदिवासीको धर्म, संस्कार, संस्कृति संरक्षण र प्रबर्द्धन गर्न पहिलो कुरा त आदिवासीहरुमै एकता हुनुपर्नेमा जोड दिनु भयो।

 

Loading...