Banner

न्युयोर्कका लागी पर्यटन दुतमा पुन: प्रदिप श्रेष्ठ नियुक्त

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क न्युयोर्कमा बसोबास गर्दै आएका ट्राभल ब्युरो अफ नेपालका संचालक प्रदिप श्रेष्ठ पुन: पर्यटन दुत नियुक्त भएका छन्

 

नेपाल सरकार, पर्यटन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले श्रेष्ठलाई आगामी बर्षका लागि न्युयोर्कको लागि पर्यटन दुत नियुक्त गरेको हो श्रेष्ठ यस् अघि पनि २०१६ देखि २०१८ सम्म न्युयोर्कका लागि पर्यटन दुत भएका थिए

नेपाल प्रबर्धन अभियान अमेरिका भरि नै गर्ने योजना बनाएका श्रेष्ठले २०२३ को अन्तिम तिर अमेरिकाबाट ठुलो पर्यटक ग्रुप नेपाल भ्रमणमा लैजाने तयारी गरेका छन् ।पहिलो नियुक्तिको कार्यकाल २०१८ मा नै समाप्त भएता पनि श्रेष्ठ नेपालको पर्यटन प्रबर्धनमा निरन्तर लागि रहेका थिए

तीन बर्ष पहिले २०१९ को सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवसको अवसरमा न्युयोर्कका नेपाली समुदायको सहयोगमा टाईम स्क्वायरमा नेपालमा पर्यटन भित्र्याउन सहयोग पुगोस भन्ने हेतुले नेपाल चिनाउनभिजिट नेपाल २०२०को योजना अनुरुप झाकि सहितको बृहत सांस्कृतिक कार्यक्रम गर्न सफल भएका थिए सो बृहत कार्यक्रमको प्रतक्ष्य प्रशारण बिशेष रिपोर्टिंग मकै हाउस अनलाईन टिभीले गरेको थियो श्रेष्ठले विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई नेपाल चिनाउने नेपालको पर्यटन प्रबर्धन गर्ने अभियानमा सधै साथ सहयोग गर्न सबैलाई आव्हान  गरेका छन्

 

Loading...