
शेर्पा संघ अमेरिकाको नयॅा नेतृत्वमा पासाङ दोर्जि (एपि) शेर्पा
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । शेर्पा संघ अमेरिकाको भर्खरै सम्पन्न तेस्रो अधिबेसन बाट पासाङ दोर्जि (एपि) शेर्पा अध्यक्षमा चयन भएको छ ।

शेर्पा संघ अमेरिकाको उक्त अधिबेसन न्युयोर्कको ज्याक्सन हाइट्स स्थित शेर्पा किदुगको सभा हलमा सम्पन्न भएको हो ।
अधिबेसनले अध्यक्षमा पासांग दोर्जी शेर्पा
बरिष्ठ उपाध्याक्षमा श्याम्बु शेर्पा, उपध्याक्षमा दाजिमा शेर्पा र महासचिवमा छिरिङ शेर्पालाई चयन गरेको हो । त्यस्तै गरी सचिवमा पेमग्युर्मे शेर्पा, कोषाध्याक्षमा छिरिङ शेर्पा, सह–कोषाध्याक्षमा सांगे शेर्पा, सदस्यहरुमा छोग्याल शेर्पा, गेलु शेर्पा र निमदोर्जि शेर्पा चयन भएका छन ।

शेर्पा समुदाय नेपालीहरुको अन्य समुदाय भन्दा अमेरिकाको सबैभन्दा पुरानो र प्रतिष्ठित समुदाय हो । जुन समुदायको एकितृत रुप संघ हो । जुन संघ अमेरिकामा फाइभ वान सि फोर अन्तरगत दर्ता भएको मान्यता प्राप्त मुनाफा रहित संस्था हो ।
निवर्तमान अध्यक्ष आङ जाङबु शेर्पाको सभापतित्वमा सुरु भएको अधिबेसनमा नेपाल महाबाणिज्यदुतबासको कार्यालय न्युयोर्कका कार्यवाहक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम र धर्मगुरु अवतारी लामाको विशेष आतिथ्यता रहेको थियो ।

