Banner

राप्ती सेवा समाज न्यूयोर्कको अध्यक्षमा केशब बस्नेत चयन

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । राप्ती सेवा समाज न्यूयोर्कको अध्यक्षमा केशब बस्नेत चयन ।  

गत बुधबार अमेरिकाको न्युयोर्कमा बसोबास गर्ने नेपाल राप्ती अन्चलका नेपालीहरुले आपसी सदभाब् र सहयोगको निमित्त सहयोग पुर्याउन सकियोस् भन्ने हेतुले “राप्ती सेवा समाज” नामक संस्था न्युयोर्कमा स्थापना गरेको छ । 

गत बुधबार बसेको समाजको पहिलो भेलाले अध्यक्षमा केशब बस्नेतलाई निर्बिरोध चयन गरेको हो । ११ सदस्य समिती रहेको उक्त समुहको उपाध्यक्ष पदमा ठाकुर प्रसाद खनाल, सचिब पदमा जुद्ध वली, सहसचिब पदमा चन्द्र बहादुर वली र कोषाध्यक्ष पदमा कृष्ण रेउल चयन गरेको छ । यस्तै गरी सदस्यमा सम्भु विस्ट, बिनय धिताल, तुल्सीराम वली, टिका डिसी, शोभा बिस्ट र श्रीजना बिसीलाई चयन गरेको छ । भने समाजको सल्हाकार समितीमा समाजसेवी यम अधिकारी, प्रकाशरावत, बिर बहादुर बोहरा लाई मनोनित गरेको हो ।

 

 

 

Loading...