
केशब राम राई न्युयोर्कको लागी पर्यटन सद्भावना दुतमा नियुक्त
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । समाजसेवी केशब राम राई संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरको लागी पर्यटन सद्भावना दुत नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको असोज ९ आईतबारको दिन बसेको मन्त्री स्तरको बैठकबाट २०७९ को दफा (७) बमोजिम न्युयोर्क शहर कार्य क्षेत्र रहने गरी नेपालको पर्यटन प्रबर्धनको निमित्त काम गर्न सकियोस भन्ने उदेश्यका साथ २ दशक लामो समय देखि न्युयोर्कलाई कर्मथलो बनाई बसोबास गर्दै आएका न्युयोर्कका चिरपरिचित समाजसेवी केशब राम राईलाई पर्यटन सद्भाबना दुत नियुक्त गरेको हो ।

केशबराम राई एक सहयोगी पात्र हुन् । न्युयोर्कको हरेक सभा समारोह देखी दुख सुखको समय उपलब्ध हुने गर्दछ । सबैलाई सहयोग गर्ने ठुलो मनको धनी राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो निर्णय गरेका हुन् ।


