Banner

न्युजर्सि एडिसन मेयरद्वारा ३ नेपाली सामाजिक अभियन्ता सम्मानित

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युजर्सी । संयुक्त राज्य अमेरिकाको न्युजर्सी राज्यको एडिसन शहरको मेयरद्वारा ३ नेपाली सामाजिक अभियन्ता सम्मानित भएका छन् ।

अमेरिकाको न्युजर्सि राज्यमा रहि लामो समय देखि नेपाली समुदायको हित र बिकासको निमित्त पुर्याएको योगदानको उच्च कदर गर्दै एक कार्यक्रम बिच गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्व परिषद सदस्य संजिब श्रेष्ठ, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको क्षेत्रिय संयोजक समर बहादुर बुढाथोकी र गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको न्युजर्सि च्याप्टर सभापति सुर्य मोहन तिवारीलाई न्युजर्सि राज्यको एडिसन शहरको मेयर शाम जोशीले सम्मान गरेको हो ।

उक्त कार्यक्रममा फोन्जका निबर्तमान अध्यक्ष चिकित्सक तुलसी महर्जन,गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद, महिला उपाध्यक्ष बिष्णु माया परियार, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका संरक्षक बिश्व नाथ बराल, दर्शन ठकुरी समाजका अध्यक्ष मिलन शाही ठकुरी र मेनुका उदासको उपस्थिती रहेको उक्त कार्यक्रमको समन्वय भने मनिष कर्णले गरेका थिए । 

 

Loading...