Banner

हिमानी ट्रस्ट अमेरिकाको न्युयोर्क बिभागको नयॅा कार्य समिति गठन

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । हिमानी ट्रष्टले हिमानी ट्रस्ट न्यूयोर्क ब्युरो(बिभाग)मा विभिन्न पदाधिकारीहरु चयन गरी ब्युरो स्थापना गरेको छ । 

आज अक्टोबर १५ ,२०२२ शनिबारका दिन हिमानी ट्रस्टको पदाधिकारीहरुको बसेको बैठकले हिमानी ट्रस्ट मार्फत सामाजिक रुपान्तरणको निमित्त कार्य गर्नको लागी बिभिन्न पदमा पदाधिकारीहरु सर्वसम्मत चयन गरेको छ ।

बैठकले सद्भावना दुतमा चिकित्सक शंकर बिसुङ्के (विद्या वारिधि),प्रशासन निर्देशकमा रुपा शाह,आर्थिक निर्देशकमा केशब श्रेष्ठ ,कार्यक्रम निर्देशकमा जनक सिंह खड्का ,जन सम्पर्क तथा अतिथि निर्देशकमा कान्छीमाया शेर्पा ,सूचना संचार निर्देशकमा मम्पी घोष तथा सदस्यता वृद्धि निर्देशकमा आशा पाण्डे चयन गरेको हो ।

 

यसैगरी सल्लाहकार समितीमा रुद्र पुन र बन्दना श्रेष्ठ समेत रहेको समितीले भने  संचालक समिति सदस्यहरुमा  मनिषा केसी,प्रदिप मानन्धर,बिनम तिवारी,बसन्ती गुरुङ र दिपेन्द्र नेपालीलाई चयन गरेको छ । 

 

 

Loading...