Banner

प्रदेश नं १ का मेयर राई तथा अमेरिकाका लागि पर्यटन सद्भावना दुतहरु यूक्राद्वारा सम्मानित

 

मकै हाउस टिभी एण्ड न्युज,

शेखर राई / राकेश राई, न्यूह्याम्सायर

UKROA यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, न्यू ईङ्गल्याण्ड च्याप्टरले गत ९ अक्टोवर २०२२,मा न्यूह्याम्सायर राज्यको व्यारिङ्गटन सि.टीमा एक विशेष कार्यक्रमको आयोजना गरी अमेरिका भ्रमणमा रहनु भएका सुर्योदय नगर पालिका ईलामका मेयर श्री रण ब. राईलाई स्वागत तथा सम्मान गरेको छ। साथै उक्त बिशेष कार्यक्रममा नेपाल सरकारले संयुक्त अधिराज्य अमेरिकाको न्यू ह्यम्सायर राज्य कार्य क्षेत्र रहने गरी नेपालका लागि पर्याटन सद्भावना दुतमा यूक्राका संस्थाक अध्यक्ष शिव कुमार राई र न्यूयोर्क राज्यको लागि वर्तमान केन्द्रिय उपाध्यक्ष केशव राम राई नियुक्त हुनु भएकोले दुवै सद्भावना दुतहरूलाई किराती परम्परा अनुसार फेटा लगाई उहांहरूको कार्यकाल सफलताको शुभकामना सहित संस्थाको तर्फबाट UKROA न्यूईड्ःल्याण्ड च्याप्टर अध्यक्ष कर्ण ब. राईले सम्मान तथा बधाई ज्ञापन गर्नु भएको थियो।त्यस्तैगरी किरात राईहरुको अगाध आस्था र विश्वासको पवित्र धाम “साकेला थान” अमेरिकामा पनि निर्माण गर्ने UKROA को “ड्रिम प्रोजेक्ट” लाई द्रुतगतिमा कार्यान्वयनमा ल्याउने संकल्पका साथ साकेलाथान परियोजना तथा निर्माण समितीको संयोजकमा नियुक्त हुनु भएका पूर्व केन्द्रिय अध्यक्ष तथा सल्लाहकार बिष्णु कुमार राईलाई पनि च्याप्टर अध्यक्षले फेटा लगाई सम्मान गर्नु भएको थियो।

UKROA न्यू ईङ्गल्याण्ड च्याप्टरको सम्मानलाई ग्रहण गर्नु हुदैं सुर्योदय नगरपालिकाका मेयर रण ब. राईले शुसासन र भ्रष्टचारको सम्बन्धमा आफुले शुन्य शहनसिलताको नीति लिएको बताउनु हुंदै आफ्नो नगर पालिकालाई भ्रष्टचारमुक्त र जनमुखी बनाउनेमा आफु दृढ रहेको बताउनु भएको थियो।मेयर राईले नगरवासीको जीवनस्तरमा परिवर्तन ल्याउनको निम्ति आफुले पहिलो कार्यकालमा गरेका पूर्वाधार विकासका कामहरुमा मोटरेवल सडकको बिस्तार , ग्रामिण विधुतिकरण, स्वास्थ्य चौकी, अस्पताल, विद्यालय भवन, खानेपानी, सडक सुधार, उन्नत कृषी कार्यक्रमहरु, त्यस्तै गरी नगरवासीको आयआर्जन वृद्धिको निम्ती लागु गरिएका राहत र अनुदानका कार्यक्रमहरु र विध्यार्थीहरुको शैक्षिक स्तर उन्नतिलाई अवलम्वन गरी प्रविधिमैत्री साझा कक्षा संचालन लगायतका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिएको चर्चा गर्नु भएको थियो।नगरवासीको अमूल्य अभिमतबाट दोश्रो कार्यकालको निम्ति पूनः निर्वाचित भएर आउँदा आफुलाई अझ जनताको काममा लाग्न थप उर्जा मिलेको बताउनु हुदै अबका दिनमा झनै निष्ठाका साथ नगरवासीका आवश्यकताहरुलाई प्राथामिकताको आधारमा वर्गिकरण गर्दै आमजन सरोकारका कार्यहरू पुरा गर्ने संकल्प गरेको बताउनु भएको थियो। मेयर राईले अमेरिकामा रहनुभएका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई आफुले अमेरिकामा आर्जन गरेको ज्ञान र शिपलाई मातृभूमिमा लैजान अनुरोध गर्नु हुदै नेपालसंगको आफ्नो अटुट राष्ट्रप्रतिको प्रेम कायम राखिराख्न पनि अनुरोध गर्नुभएको थियो। अन्तमा स्वदेश आउदा एक पटक ईलाम, त्यसमा पनि सुर्योदय नगरपालिका र यस्को मनोरम प्राकृतिक दृष्यावोलकन गर्दै, यहाँ भएका र हुदै गरेका विकास निर्माणका कामहरुको अवलोकन भ्रमण गर्न आउनको लागि विशेष अनुरोध समेत गर्नु भएको थियो।

त्यस्तै गरी संयुक्त अधिराज्य अमेरिकाको न्यूह्याम्पसायर राज्यका लागि नव नियुक्त पर्यटन सद्भाभावना दुत शिव कुमार राईले आफ्नो मन्तव्य राख्नु हुदैं, नेपाल भूगोलको हिसाबले सानो भए तापनि साँस्कृतिक विविधता, भाषिक विविधता र प्राकृतिक सुन्दरताको हिसाबले विशाल र अत्यन्तै सुन्दर रहेको चर्चा गर्नुहुदै, भाषा, साहित्य, संस्कृति र ईतिहासमा रुचि हुने जो कोहीको निम्ती नेपाल एक विशाल खुल्ला विश्वविधालयको रुपमा रहेको तर्क गर्नुभएको थियो। विश्वको शिर सगरमाथा देखी, शान्तिका अग्रदुत बुद्धको जन्मभूमी लुम्बिनी समेत नेपाल मै पर्ने भएकाले यी अत्यन्तै महत्वपूर्ण विषयहरुलाई अमेरिकी जनता माझ समुचित रुपमा प्रचार प्रसार गर्न सके नेपालले पर्यटन विकासमा ठुलो फड्को मार्न सक्ने बताउनु हुदैं आफ्नो यो ४ बर्षे कार्यकाल यसैमा केन्द्रित हुने योजना समेत सुनाउनु भएको थियो।उक्त बधाई तथा सम्मान कार्यक्रममा UKROA का कानुनी सल्लाहकार सुरेश चामलिङ्गले संस्थाको संरचना र संस्थाले दसकौं देखि गर्दै आएको संस्थागत गति विधि वारे चर्चा गर्नु हुदै हाम्रो संस्थाको मूल उद्देश्य भनेकै अमेरिकामा किरात राईहरुको भाषा संस्कृति र परम्परालाई अभ्यास, संरक्षण र नयाँ पिढीमा पुस्तान्तरण गर्नु रहेको बताउनु भएको थियो।व़हाले हाल संस्थामा पाँचवटा च्याप्टरहरु क्रियाशिल रहेको र यी च्याप्टरहरुले पूर्विय राज्यहरु न्यूह्यम्सायर, मेन, म्यासाचुसेटस, अमेरिकाको राजधानी वाशिंटन डि. सी, टेक्सास् हुदै पश्चिममा क्यालिफोर्निया राज्य सम्म फैलिएको जानकारी दिनुभएको थियो।

उक्त बधाई तथा सम्मान कार्यक्रममा संस्थाको तर्फबाट च्याप्टरका उपाध्यक्ष तथा मिडिया कोअर्डिनेटर शेखर राईले स्वागत भाषण गर्नु भएको थियो भने च्याप्टरका कोषाध्यक्ष चन्द्र कुमार राईले मेयर राईलाई नगरपालिकाको विकास निर्माण र उपलब्धिका कुराहरू र भावि योजनाहरू हामी प्रवासमा वसिरहेका नेपालीहरु सम्म आईपुग्ने गरी मेडिया व्यवस्थापनमा ध्यान पुर्याउन सुझाव दिनु भएको थियो। सम्मान कार्यक्रमका अतिथिहरु न्यूह्याप्मसायर नेपाली समाजका (NHNC) उपाध्यक्ष लाक्पा शेर्पा र सचिव प्रभात भट्टराईले पनि नव नियुक्त दुवै पर्यटन सद्भाभावना दुत र मेयर राईलाई सफल कार्यकालको निम्ति शुभकामना तथा बधाई ज्ञापन गरेका थिए। स्वागत तथा सम्मान कार्यक्रमको संचालन च्याप्टर महासचिव राकेश राईले गरेका थिए।
बधाई तथा सम्मान कार्यक्रमको औपचारिक समापन संगै प्रारम्भ भएको साकेलाथान निर्माण समितीको साक्षात्कार तथा भर्चुअल पहिलो वैठक समितीका संयोजक विष्णु कुमार राईको अध्यक्षतामा बसेको थियो । संयोजक राईले हामी किरात राईहरुको धर्म, परम्परा र संस्कृतिमा आधारित अटुट् विश्वासको रुपमा रहेको साकेलाथानको निर्माणको “विजक रकम” निवर्तमान केन्द्रिय अध्यक्ष मुना राईको कार्यकालबाट प्रारम्भ गरी हाल कोशमा ५०,००० डलर रकम पुगि सकेको र आसन्न दिपावली २०७९ को उपलक्ष्यमा अमेरीकामा वसोवास गर्ने समस्त किरांत राई परिवार विच तथा अन्य संघ सस्था र शुभेक्षुक महानुभावहरूका घर दैलोमा गएर वा भर्चुवलकै माध्यमबाट देउसी-भैलो विशेष कार्यक्रम गरी साकेला थान परियोजनाको लागि सहयोग रकम संकलन गरिन लागेको कुर पनि वताउनु भयो।

न्यूईड्ःल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण राईले यसपालीको दिपावली अक्टोवर २२ तारेख शनिवार यूक्रा केन्द्रिय कोषाध्यक्ष राजन कुथुमीको 91 Breezy Way, Barrington, New Hampshire स्थित घरदलानमा विशेष देउसी-भैलो आयोजना गरिएको हुंदा न्यूईड्ःल्यण्डवाशी समस्त दाजु भाइ तथा शुभेक्षुक मित्रहरूलाई उक्त कार्यक्रममा सहभागीताको लागि आयोजकको तर्फबाट अनुरोध गर्नु भएको थियो।

UKROA का केन्द्रिय अध्यक्ष जय राईले आफ्नो कार्यकाल भित्रै यो परियोजनालाई सम्पन्न गर्ने लक्ष्यकासाथ संस्थाले विभिन्न कार्यक्रम र अभियानहरुको आयोजना गरी रकम संकलनमा तिव्रता ल्याउने आफ्नो योजना रहेको बैंठकलाई ब्रिफिङ गर्नुभएको थियो।यस वर्षको शुभ दिपावलीको पावन अवसर पारी केन्द्र तथा च्याप्टरको संलग्नतामा सम्पूर्ण सदस्यहरुलाई समेत सहभागी गराउदै देउसी भैलो कार्यक्रम च्याप्टरहरूको अनुकूल समयनुसार तय गरिने पनि वताउनु भयो।साकेला थान परियोजनालाई सहयोग गर्नुहुने दाताहरुको नाम र सहयोग जम्मा रकम साकेला थानमा निर्माण गरिने व़ावु (चिण्डो)मोनुमेण्टमा उल्लेख गरिने समेत जानकारी गराउनु भएको थियो।

बैठकमा केन्द्रिय अध्यक्ष जय राई, कनेक्टिकेट्, उपाध्यक्षहरू कुसुम राई मेरील्याण्ड, केशवराम राई, न्यूयोर्क, यान राई, क्यालिफोर्निया, वोर्ड सदस्य गणेश राई, न्यूयोर्क, DMVP च्याप्टर अध्यक्ष समता राई, TAF च्याप्टर अध्यक्ष, दमकाजी राई, टेक्सास, सल्लाहकार मुना राई, न्यूयोर्कको भर्च्युयल मार्फत उपश्थिति थियो भने न्यू ईङ्गल्याण्डमा वसोवास गर्ने च्याप्टर लगायत केन्द्रिय पदाधिकारी तथा अन्य सदस्यहरुको साक्ष्यात उपस्थिती रहेको थियो । बैठकमा उठेका जिज्ञाँसा र सुझावहरुको बारेमा संयोजक विष्णु कुमार राईले जवाफ दिएर परियोजना वारे प्रष्ट पार्नु भएको थियो । बैठक केन्द्रिय महासचिव मुक्ति नारायण राईले संचालन गर्नु भएको थियो । 

 

 

 

Loading...