
सेनेगलका कप्तान मानेले यस सिजनको फिफा विश्वकप गुमाउने भएको छ ।
मकै हाउस टिभी एण्ड न्युज,
एजेन्सी । सेनेगलका कप्तान साडियो माने फिफा विश्वकप २०२२ कतार बाट बाहिरिने भएको छ । यससँगै सेनेगलले मानेको उपस्थिती बिनानै विश्वकप २०२२ खेल्नुपर्ने भएको छ ।
कप्तान मानेलाई केही समय अघि जर्मन बुन्ड्सलिगा दौरान वेर्डर ब्रेमेनविरुद्धको खेलमा चोट ग्रस्त हुदाहुदै पनि सेनेगल फुटबल फेडेरेसनले टोलीमा समावेश गरेको थियो ।
सेनेगलले मंगलबार कप्तान मानेको चोटका कारण पहिलो खेल मात्र गुमाउने बताएको थियो । तर, बिहीबार एमआरआई स्क्यान पछिको रिपोर्टमा उनको शल्यक्रिया नै गर्नुपरेपछि उनी विश्वकपबाट बाहिरिएका हुन् र विश्वकपका सबै खेल गुमाउने पक्का भएको हो ।
मानेको दायाँ खुट्टाको सफल शल्यक्रिया भएको छ । शल्यक्रियासँगै अब माने फिजियोमा व्यस्त रहनेछ ।

