Banner

न्युयोर्कमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को बार्षिक साधारण सभा सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्यूयोर्क । गत जनवरी ८ तारिख, २०२३ आईतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को “बार्षिक साधारण सभा तथा संघीय परिषद बैठक” न्यूयोर्क स्थित फिप्ना कार्यालयमा सफलता पूर्वक सम्पन्न भएको छ ।

साधारणसभा तथा संघीय परिषदको बैठकमा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्ष ज्यूहरू र सदस्य संस्थाका अध्यक्ष एवं आठौं महाधिवेशन प्रतिनिधि तथा संघीय परिषद सदस्य ज्यूहरुको उपस्थिति थिए ।


कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो । पहिलो र दोस्रो सत्र, पहिलो सत्रमा नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना)का अध्यक्ष राज कुमार बिष्टको अध्यक्षतामा भएको थियो । पहिलो सत्रमा उपस्थित् सबैजनालाई फिप्नाका महासचिव टोमा लामाले अभिवादन गर्दै कार्यक्रममा हुने गतिविधि तथा क्रियाकलाप र तालिकाको बारेमा प्रकाश पार्दै कायैक्रमको थालनी गरेको थियो । महसचिव लामाले फिप्ना १७औं वर्ष पार गर्दै गर्दा यस फिप्नाको नेपालीज डायस्पोरामा आफ्नै गरिमामय पहिचान छ । चाहिएको बेला फिप्नाले त्यो शक्ति तथा क्षमता अझ पृथक देखाउन सक्छ भनेर बताए । फिप्नाका उपाध्यक्ष माया लामा ह्रयोल्मोले स्वागत मन्तव्य दिएको थियो । पहिलो सत्रमा साधारणसभा तथा संघीय परिषदको बैठकमा उपस्थित् फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्ष ज्यूहरू र सदस्य संस्थाका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।


सल्लाकार प्रदिप परियार थापाले मन्तव्य राख्नेक्रममा आफू नेपाल देखी नै लामो समय आदिवासी मुद्दा तथा आदिवासी हकअधिकारको विषयमा काम गर्दै आएको, यहाँ अमेरिकामा पनि त्यही कुरालाई निरन्तर पत्रकारिताको अलवा काम गर्दै आएको र फिप्नामा पटक पटक सल्लाहकारको रुपमा काम गदैै आएको जानकारी दिनुभयो । फिप्नाको उतारचढावका पलहरु मैले नजिकबाट नियालेको छु भनेर पनि बताए । यहाँ कार्यक्रममा जति उपस्त् िहुनु भएको छ यो सानो उपस्थिति होइन तपाई प्रत्येक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु हरेक सिंगो समुदायलाई प्रतिनिधित्व गरेर आएका छन् यो मानेमा यो उपस्थितिलाई बृहत सम्झिनु पर्दछ भनेर सल्लाहकार प्रदिप परियार थापाले बताए । अबको समयमा आइपुदा फिप्नाले समय सन्दर्भ अनुसार आदिवासीको हक अधिकार तथा पहिचान र विकासको काम गर्नुपर्दछ यो जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण पनि गदै जानुपर्दछ भनेर उहाँले बताए ।


यसै गरी लामो समयदेखी आदिवासी हक अधिकार तथा विकासमा समर्पित्् अमेरिकाका लोकप्रिय समाजसेवी एवं न्यूयोर्कको लागि नेपाल सरकारको पर्यटन सद्भावना दूत केशव राम राईले फिप्नाको १७औं स्थापना दिवसमा फिप्नाले सम्मान गरेको कुरालाइै स्मरण गर्दै यो सम्मानले म मा अझ बढी जिम्मेवारी थपेको महशुस गरेको छु । फिप्नाको स्थापना कालदेखी हालसम्म मैले निरन्तर नजिक रहेर काम गरिरहेको छु आगामी दिनहरुमा कमी हुन नदिई अझ बढी जिम्मेवारीकासाथ सहयोग गरिरहने छु भनी राईले बताए । अब फिप्नाको बारेमा गहन रुपमा लिई अगाडि काम गर्नुपर्ने पनि बताए । यसै गरी उपस्थित् सदस्य संस्थाका अध्यक्ष ज्यूहरुले सल्लाह सुझाब सहितको शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष राज कुमार बिष्टले पहिलो सत्रको समापन तथा धन्यबाद ज्ञापन व्यक्त गरेको थियो ।


दोस्रो सत्र फिप्ना संघीय परिषदका सभामुख शुर्वण कुमार शाक्यको अध्यक्षतामा संघीय परिषदको बैठक बसियो थियो । सो बैठकम संघीय परिषदका सदस्यहरु, कार्यसमितिका पदाधिकारी, फिप्ना आठौं महाधिवेशन प्रतिनिधि तथा संघीय परिषद सदस्यहरुको उपस्थितिमा बैठक भएको थियो । बैठकका प्रस्तावित बिषयहरु १. फिप्ना बार्षिक समीक्षा २. वर्तमान चुनौतीहरू ३. आर्थिक ब्यवस्थापन ४. बार्षिक कार्य प्रगति प्रतिवेदन ५. बार्षिक आर्थिक प्रतिवेदन ६. भावी प्रस्तावित नीति तथा कार्यक्रम जस्ता विषयहरु रहेको थियो ।


बैठकमा महासचिव टोमा लामाको बार्षिक कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुल बहादुार तामाङको बार्षिक आर्थिक प्रतिवेदन र अध्यक्ष राज कुमार बिष्टको भावी नीति तथा कार्ययोजना प्रस्तुत् गरिएको थियो भने, उक्त प्रतिवेदनहरुमाथि बृहत छलफल गरी बैठकले पारित गरिएको थियो ।

अन्त्यमा बैठकको अध्यक्षता गरेका सभामुख शुर्वण कुमार शाक्यले उपस्थित् सम्पूणलाई सक्रिय र साहार्दपूर्णरुपले बैठकमा सहभागिताको लागि उपस्थित् सम्पूर्णलाई धन्यबाद ज्ञापनको साथै बैठकको समापन गरिएको थियो ।

Loading...