Banner

नेजाद्वारा टेक्ससको अस्टिनमा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज,

टेक्सस (अस्टिन) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्ससको अस्टिन सहरमाआइतबार अन्तरक्रिया सम्पन्न गरेको छ ।

संघले ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)सँगको समन्वयमा अस्टिनसहरमा बसोबास गर्ने सामाजिक अभियन्ता एवं त्यहाँ अवस्थित विभिन्नसंघ-संस्थामार्फत सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरुसँग अन्तरक्रिया गरेको हो ।

ग्यान्सको भवनमा सम्पन्न अन्तरक्रियामा सहभागीहरुले पत्रकार र सामाजिकअभियन्ताबीच सुमधुर सम्बन्ध रहनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुलेपत्रकार पनि समाजकै अंग रहेको उल्लेख गर्दै समाजसेवाको क्षेत्रमा सबैएकअर्काको सहयोगी बन्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । साथै, कार्यक्रममा सहभागीहरुले पत्रकारलाई आग्रह एवं पूर्वाग्रह नराखी निष्पक्षरूपमा अघि बढ्न पनि सुझाव दिनुभयो ।

संघका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रियामानेजाका मानार्थ सदस्य तारा बराल, ग्यान्सका अध्यक्ष भोजराज भट्ट, ग्यान्ससामुदायिक केन्द्रका संयोजक गेहेन्द्र केसी, ग्यान्सका पूर्वअध्यक्ष देवराजन्यौपाने, एनआरएनए अमेरिकाका पूर्वकोषाध्यक्ष नेत्रबन्धु पोखरेल, वेकोनेपाली समाजका सहसचिव वासुदेव ज्ञवाली, सामाजिक अभियन्ताहरु उद्ववखनाल, कृष्ण जीसी, पदम ठकुराठी, महेश रेग्मी, दीपक हुमागाईं, प्रदीपपराजुली, राजेश्वर निरौला, प्रियरञ्जन दाहाल, शिव न्यौपाने, अमृत मिश्र, विदुर खतिवडालगायतले धारणा राख्नुभएको थियो ।

संघकी कार्यसमिति सदस्य प्रतिमा बाँस्कोटाको सञ्चालनमा भएकोकार्यक्रममा नेजाको गतिविधिमाथि महासचिव सुरज भण्डारीले प्रकाशपार्नुभएको थियो भने संघको मे महिनाको २० र २१ मा ह्युस्टन सहरमा हुनेआठौं अधिवेशन तथा १६औं साधारण सभाका कन्भेनर सुजन पण्डितलेआसन्न अधिवेशनसम्बन्धी जानकारी गराउनुका साथै उद्घाटन सत्रमा सबैलाईआमन्त्रणसमेत गर्नुभएको थियो । सो अवसरमा संघका कार्यसमिति सदस्यबाबुराम दाहाल, पूर्वकोषाध्यक्ष बिटु केसी, सदस्यहरु  विनय देवकोटा, रविनपिया, नारायण भण्डारी, झरना अधिकारी, श्रीकृष्ण गौतम, भीषणन्यौपानेलगायतले बोल्नुभएको थियो ।

Loading...