
अमेरिकाको टेक्ससमा सबारी दुर्घटनामा परि प्रमिला सुबेदीको निधन

मकै हाउस टिभी एण्ड न्युज,
टेक्सास । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने प्रमिला सुवेदीको सवारी दुर्घटनामा परि निधन भएको छ ।


जेपिएस फोर्टवर्थ टेक्सस अस्पतालमा नर्श पेशामा कार्यरत मृतक सुवेदीले चलाएको कार हिजो बेलुका साढे ५ बजे ट्रकले ठक्कर दिएपछी दुर्घटनामा परेको थियो । दुर्घटनामा परेपछी ४७ बर्षिय सुवेदीको घटनास्थलमै निधन भएको हो ।

मृतक प्रमिला अमेरिकी नेपाली समाजमा चिरपरिचित सामाजिक अभियन्ता राम कुमार सुवेदीको धर्मपत्नि हुन् । भने प्रमिला सुबेदी नर्स पेशा संगै टेक्सस नेपाली समाजमा सकृय सामाजिक अभियन्ताको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।

