
एनआरएन अमेरिका, न्युयोर्क च्याप्टरको अध्यक्षमा हेमन मल्ल बिजयी

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, न्युयोर्क च्याप्टरको अध्यक्षमा हेमन बहादुर मल्ल बिजयी भएका छन् ।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका निर्बाचन समितीले बिहानको ३:०० बजे मत परिणाम सार्बजनिक गरेको हो ।

निर्वाचन समितीले मत परिणाम सार्बजनिक गर्दै न्युयोर्क च्याप्टरको अध्यक्षमा हेमन बहादुर मल्ललाई बिजयी घोषणा गरेको हो । मल्लले कुल मत ५६३ प्राप्त गर्दा प्रतिद्वन्द्धी दण्डपानी (बासु) लानिछानेले ५३३ मत प्राप्त गरेका थिए । लामिछानेलाई मल्लले ३० मतको अन्तरमा हराउदा उता अर्का प्रतिद्वन्दी शोभाकान्त पाण्डेले भने ४४२ मत मात्र प्राप्त गरेका थिए ।

त्यस्तै गरि च्याप्टरका अन्य पदहरुमा बिजयी हुने हरुमा महिला च्याप्टर उपाध्यक्षमा लक्ष्मी थापा, सचिबमा राजु तामांग, कोषाध्यक्षमा देबेन्द्र लामा, युबा संयोजकमा दिलिप लामिछाने, र सदस्यहरुमा अनिल के. क्षेत्री, अनमोल बहादुर रोका, बिशाल रेग्मी, दिनेश बस्नेत, गोपि प्रसाद ढुंगाना, जुद्द वली र टिका थापा बिजयी भएका छन् ।
