Banner

तामाङ समाज अमेरिकाको तेश्रो अधिवेशन सम्पन्न ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । हिजो सेप्टेम्वर ३०, २०२३ शनिबारका दिन सम्पन्न तामाङ समाज अमेरिकाको ऐतिहासिक तेश्रो अधिवेशन न्यूयोर्कको क्विन्स स्थित ओदान रेष्टुरेन्टको ब्यान्क्विट हलमा सम्पन्न भएको छ


समाजका अध्यक्ष विनिता तामाङको अध्यक्षता र समाजका संरक्षक एवं न्यूयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको  एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाइजरी बोर्डका अध्यक्ष लुईसाङ वाईवाको प्रमुख आतिथ्यतामा तेश्रो अधिवेशन सम्पन्न भएको हो

 


प्रमुख अतिथि
लुईसाङ वाईवाले पानसमा दिप प्रज्वलन गरेर तेश्रो अधिवेशनको उद्घाटन गरिएको थियो तामाङ समाज अमेरिकाको सल्लाहकारहरु अक्कल तामाङ, सृजना स्याङतान, बौद्ध लामागुरु अक्कल तामाङ र गैरआवासीय नेपाली संघ अमेरिका न्यूयोर्क शाखाका सचिव राजु तामाङले कार्यक्रमको सफलताकोलागि शुभकामना व्यक्त गरेका थिए तामाङ समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष सन्त बहादुर तामाङले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए भने महासचिव बुद्धिमान घिसिङले कार्यक्रम संचालन गरेका थिए


प्रमुख निर्वाचन आयुक्त अक्कल तामाङ र निर्वाचन आयुक्त सिर्जना स्याङदानले निर्वाचन सम्पन्न गरेका थिए
बन्दसत्रले महासचिवको सांगठनिक प्रतिवेदन, अध्यक्षको समसामयिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसहमत अनुमोदन गरेको थियो

तामाङ समाज अमेरिकाको तेश्रो अधिवेशनबाट निर्विरोध रुपमा सन्त बहादुर तामाङको अध्यक्षतामा  तपशिल अनुसारको  नयाँ कार्य समिति गठन भएको छ  

अध्यक्ष सन्त बहादुर तामाङ, उपाध्यक्ष भोज गोम्बा तामाङ

महासचिव एस.के. स्याङतान, सचिव अन्जु लामा

कोषाध्यक्ष आदिप बम्जन, सहकोषाध्यक्ष एन्जिला लामा

सदस्यहरु: धुतराज डुम्जन, वीर तामाङ, राम तामाङ, रन्जु गाल्थेन तामाङ, अंशु वाईवा, डेचेन लामा, बेग बहादुर तामाङ, स्मृति गाल्थेन तामाङ, प्रेरणा वाईवा, ज्याक तामाङ , भिम माया तामाङ र सन्त तामाङ । 

Loading...