
सामाजिक अभियन्ता सोमनाथ घिमिरे घानामा आयोजित मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । सामाजिक अभियन्ता तथा गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे घानामा आयोजित मानविय पुरस्कार ग्लोबलबाट सम्मानित भएको हो ।

गत अक्टोवर २८ २०२३, अक्रा, घानामा आयोजित “मानवीय पुरस्कार ग्लोबल”, परिवर्तन निर्माताहरू, स्वयंसेवक,नेतृत्वगण, गैर-सरकारी संस्थाहरू, परोपकारी संस्थाहरु, समजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवीहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरिएको सस्था हो ।

जिपिके फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता सोमनाथ घिमिरेले बिगत डेढ दशक संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहि मानबिय र सामाजिक कार्य र बिशेष गरि केरोना महामारीको समय निश्वार्थ समाज प्रती पुर्याएको अमुल्य योगदानको उच्च कदर गर्दै घिमिरेलाई घानामा “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित गरिएको हो ।

उक्त संस्थाले संसारभरका ४८ देशका अभियन्ताहरुलाई बिशेष प्रोत्साहनको निमित्त उक्त बिशेष सम्मानले सम्मानित गरेको हो । ४८ देश मध्ये घिमिरे पहिलो नेपाली हुन् जो उक्त सम्मानबाट सम्मानित भएको ।
