Banner

बाग्लुङ सेवा समाज अमेरिकाको तेस्रो भर्चुअल अधिबेशनबाट नॅया कार्य समिती चयन

 

मकै हाउस मिडिया, न्युयोर्क

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यमा बसोवास गर्ने बाग्लुङ वासी नेपालीहरुको संयुक्त छाता संगठन बाग्लुङ सेवा समाज अमेरिकोको भर्खरै सम्पन्न तेस्रो अर्चुअल अधिवेशनबाट नयॅा कार्य समिती चयन भएको छ । 

गत मार्च २३ आईतबारका दिन अमेरिका भरि छरिएर रहेका बाग्लुङ वासी नेपालीहरुको सहयोग, समन्वय र भैपरी आएको बेला हातेमालो गर्ने उदेश्यले संगठित संस्था बाग्लुङ सेवा समाज अमेरिकाको तेस्रो अधिबेशन भर्चुअली सम्पन्न भएको छ । 

भर्चुअली सम्पन्न भएको उक्त अधिबेशनले कनेक्टिकट बसोवास गर्ने गौरी शंकर शर्मा (आचार्य)लाई अध्यक्ष पदमा चयन गरेको हो । भने शर्मा नेतृत्व २४ कार्य समिती चयन गरेको हुन् । 

अध्यक्ष संगै अधिबेशनले बरिष्ठ उपाध्यक्षमा टेक्ससका कृष्ण जिसिलाई चयन गरेका छन् भने उपाध्यक्ष पदमा जर्जियाका भबिन्द्र बस्नेत, एकदेव पौडेल, भर्जिनियाका माधब शर्मा सुवेदी, न्युयोर्कबाट चमेली खाती परियार र शंकर पौडेललाई चयन गरेका छन् । भने महासचिव पदका लागी टेक्ससका खिवराज शर्मालाई चयन गरेका छन् । 

त्यस्तै गरी अन्य पद सचिबका लागी नर्थ क्यारोलिनाबाट दुर्गा प्रसाद सापकोटा, टेक्ससबाट लेखनाथ गौत्तम, भर्जिनियाबाट काशी खड्का, न्युजर्सिबाट मेघनाथ पौडेल, मोहदत्त कंडेल (न्युयोर्क), र  कनेक्टिकटबाट घनश्याम गौत्तमलाई चयन गरेका छन् । भने कोषाध्यक्ष पदकालागी न्युयोर्कबाट टिका गिरी, सह-कोषाध्यक्ष पदकालागी नर्थ क्यारोलिनाबाट प्रकाश कंडेल, महिला संयोजकपदका लागी पेन्सिलभेनियाबाट निशा सुनार र युवा संयोजकमा न्युयोर्कबाट बिकास जिसीलाई चयन गरेका छन् । 

बोर्ड सदस्यमा क्रमश : भुमिश्वर (गोबिन्द) कंडेल (नर्थ क्यारोलिना), राजन कंडेल (टेक्सस), देवराज कंडेल (ओक्लाहोमा, नेब्रास्का) र भर्जिनियाबाट गगन कुंवर चयन गरिएको न्युयोर्कबाट उपाध्यक्ष पदमा चयन भएका शंकर पौडैलले मकै हाउस न्युजलाई जानकारी गराएका हुन् । 

 

 

Loading...