
बोटाफोगोलाई हराउदै पाल्मेरेस क्वार्टरफाईनल प्रवेश, फिफा क्लब विश्वकप २०२५
मकै हाउस मिडिया,
न्युयोर्क । जारी फिफा विश्वकप २०२५ को राउण्ड १६ को पहिलो खेलमा बोटाफोगोलाई हराउदै पाल्मारेस क्लब क्वार्टरफाईनल प्रवेश गरेको छ ।
फिफा विश्वकप २०२५ को राउण्ड १६ को पहिलो खेलमा बोटाफोगोलाई ९० मिनेट सम्मको खैल अब्धीभर पाल्मेरेसले दवावमा राखेपनी कुनै पनी गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछी खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । अतिरिक्त समयको १०० औ मिनेटमा पाउलिन्होले उत्कृष्ट गोल गर्दै पाल्मेरेसलाई १-० को अग्रता दिलाएको थियो ।
खेलको ११६ औ मिनेटमा पाल्मेरेसका गोमेजले रातो कार्ड खादै मैदान छाडोपनी बोटाफोगोले १० खेलाडी भएको फाईदा उठाउन नसक्दा हार व्योहोर्नु परेको हो ।
पाल्मेरेस यो जित संग फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाईनल प्रवेश गर्ने पहिलो टोली बनेको छ ।