Banner

बोस्टनमा नेपाली कन्सुलर शिविर : समुदायमै सेवा दिने अभियान ।

 

मकै हाउस मिडिया, अक्कल तामाङ

नेपाल सरकारको विदेशस्थित महावाणिज्यदूतावास, न्युयोर्कले आगामी सेप्टेम्वर ६ र ७, २०२५ मा बोस्टनमा कन्सुलर सेवा शिविर सञ्चालन गर्ने भएको छ। उक्त शिविरमार्फत बोस्टन र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले राहदानी नवीकरण, गैरआवासीय नेपाली परिचय पत्र (NRN Card) आवेदन, अधिकृत वारेशनामा प्रमाणिकरण, भिसा लगायतका आवश्यक सेवा प्रत्यक्ष पाउनेछन्।

यो शिविरले नेपाली समुदायलाई न्युयोर्कको महावाणिज्यदूतावाससम्म आउनु नपरी आफ्नै शहरमै सुविधा प्राप्त गर्ने अवसर दिलाउने भएको छ। साथै, नियोगबाट उपलब्ध अन्य कन्सुलर सेवाबारे जानकारी लिन सकिने भएकाले यसले वोस्टन आसपास रहेका नेपालीलाई अझ सहज र सरल बनाउने अपेक्षा गरिएको छ ।

वोस्टन लगायत आसपासमका नेपाली समुदाय प्रायः कागजात नवीकरण वा सरकारी प्रमाणिकरणका लागि टाढासम्म यात्रा गर्नुपर्ने बाध्यतामा पर्दै आएका थिए। बोस्टनमै कन्सुलर शिविर सञ्चालन हुनु वोस्टन बासी नेपालीका लागि ठूलो राहतका रूपमा लिएको छ।

यस शिविरमा सेवाग्राहीले विशेषगरी यी सेवा प्राप्त गर्न सक्नेछन्:
• नेपाली राहदानी नवीकरण
• गैरआवासीय नेपाली परिचय पत्र (NRN Card) आवेदन
• अधिकृत वारेशनामा प्रमाणिकरण
• भिसा सेवा
• अन्य कन्सुलर जानकारी र सल्लाह

यसै क्रममा महावाणिज्यदूतावासको अपील : सहकार्य र सहभागिता आवश्यक

महावाणिज्यदूतावासले बोस्टन र आसपासका क्षेत्रमा रहेका स्थानीय संघसंस्था, समुदायका अगुवा, सञ्चारकर्मी र सर्वसाधारण नेपालीहरूलाई सक्रिय सहकार्य र समन्वयका लागि आह्वान गरेको छ।

यसका लागि प्रत्यक्ष सम्पर्क गर्न सकिने व्यक्ति तथा सम्पर्क विवरण यसप्रकार छन्:
• श्री प्रेम बहादुर बुढथापा, बाणिज्यदूत –917-723-0005
• श्री नवराज, Office Secretary 929 257 4997 E-mail : cgnny.consul@gmail.com

यस प्रकारका कन्सुलर शिविरहरूले सरकार र जनता बीचको दूरी घटाउने, विश्वास र सकारात्मक सोच बढाउने कार्य गर्नेछन्। प्रवासमा रहेका नेपालीले आफ्नो देशप्रति नजिकिएको महसुस गर्नेछन्।

समुदायका अगुवा र पत्रकारहरूले यसलाई प्रचार–प्रसार गर्न मद्दत गरेमा अधिकतम जनताले लाभ लिन सक्नेछन्। साथै, यसले नेपाल सरकारप्रति सकारात्मक धारणा बढाउँदै आगामी दिनमा अझ बढी परिणाममुखी सेवा विस्तार गर्ने प्रेरणा दिने विश्वास महावाणिज्यदूतावासले लिएको छ।

बोस्टनमा हुने यो कन्सुलर शिविर केवल प्रशासनिक प्रक्रिया मात्र होइन, समुदायमै सेवा पुर्याउने सरकारको प्रतिबद्धताको प्रत्यक्ष उदाहरण हो।
यसले प्रवासी नेपालीको जीवनलाई सहज बनाउने मात्र होइन, नेपाल सरकारप्रति विश्वास, गर्व र आपसी सम्बन्ध सुदृढ गर्ने मार्ग खोल्नेछ।

 

Loading...