Banner

प्रकाश बाबु थापा न्यूयोर्क राज्य बिधानसभा सदस्य स्टेभन रागाद्वारा सम्मानित

 

मकै हाउस सामुदायिक मिडिया, 

न्यूयोर्क । नेपाली गीतकार, टेलिभिजन कार्यक्रम प्रस्तोता तथा युवा अभियानकर्मी प्रकाशबाबु थापा अमेरिकाको न्यूयोर्कमा सम्मानित भएका छन्।

न्यूयोर्क राज्यको एसेम्ब्ली डिस्ट्रिक्ट ३० का सदस्य स्टेभन रागाले थापाले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै नोभेम्बर २३, २०२६ मा सोसिएल एक्टिभिष्ट तथा कल्चरल एम्बेसडरको रुपमा विशेष Citation (सम्मानपत्र) प्रदान गरेका हुन्।

लामो समयदेखि नेपाली कला, साहित्य, सञ्चार तथा सामाजिक अभियानमा सक्रिय थापा बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्। उनले नेपाल टेलिभिजन र न्यूज २४ टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरिसकेका छन्। त्यस्तै, नेपाली गीतसंगीतको क्षेत्रमा गीतकारका रूपमा समेत उनको योगदान रहेको छ।

विशेषगरी युवाहरूको क्षमता विकास, सामाजिक जागरण, सकारात्मक सोच र सामुदायिक अभियानमा सक्रिय थापाले विभिन्न सामाजिक अभियानमार्फत समाजमा योगदान पुर्‍याउँदै आएका छन्।

हाल उनी Universal Peace Federation (UPF) International अन्तर्गत South Asia Regional Coordinator का रूपमा कार्यरत छन्। यस भूमिकामार्फत उनले दक्षिण एसियाली क्षेत्रमा युवा नेतृत्व विकास, सामाजिक सद्भाव, अन्तर्राष्ट्रिय सहकार्य तथा शान्ति अभियानसँग सम्बन्धित गतिविधिमा योगदान पुर्‍याउँदै आएका छन्।

थापाले सन् २००६ देखि २००८ को अन्त्य सम्म संयुक्त राज्य अमोरिकामा रही अन्तराष्ट्रिय लिडरशिप कार्यक्रम मार्फत अमेरिकाको लगभग ४५ राज्यमा पुगी स्वयंसेवा कार्य गरिसकेका छन् भने उ बेलाका तत्कालिन राष्ट्रपती बाराक ओबामा द्वारा पनी स्वयसेवा अवार्ड द्वारा सम्मानित हुनु भएको थियो । 

थापा १६ बर्ष पछी ब्यक्तिगत भ्रमणका क्रममा न्युयोर्क रहेको बेला न्युयोर्क राज्य बिधानसभा सदस्य माननिय स्टेभन रागा संगको मित्रवत भेटघाटको क्रममा माननिय रागाको कार्यालयले उपहार स्वरुप उक्त सम्मान पत्र प्रदान गरेका हुन् । 

 

 

Loading...