Banner

नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको “सांस्कृतिक गाला”सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाल आदिवासी जनजाती महासॅघ फिप्नाले “फिप्ना सांस्कृतिक गाला” कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

गत जुलाई १९, २०२४ शुक्रबार सॅाझ न्युयोर्कको क्विन्स स्थित गुलसन टेरेसहलमा फिप्नाले कोषबृद्धी उदेश्यका लागी “सांस्कृतिक गाला” सम्पन्न गरेको हो ।

कार्यक्रममा फिप्नाका महासचिव दिपक चौधरी र सचिव डाजिमा शेर्पाले संयुक्तरुपमा संचालन गरेको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा फिप्नामा आबद्द सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकार , सॅधिय परिषदका उपसभामुख , बिभिन्न पेशामा आबद्ध ब्यक्तित्वहरु, सहयोग दाताहरू , कलाकारहरू र अन्य आमणन्त्रित ब्यक्तित्वहरुको राम्रो उपस्थिती रहेको थियो ।

“सांस्कृतिक गाला” कार्यक्रम आदिबासी जनजातीहरूको धर्म सॅस्कृति र परम्परा लाई संरक्षण एवं प्रबर्धन गर्ने र आदिबासीहरूको मुद्दाका बिषयमा सबै आदिबासी जनजातीहरू एकजुट हुनु जरूरी छ भन्ने मुख्य उदेश्य साथ सम्पन्न भएको थियो । सांस्कृतिक कार्यक्रमको संयोजकको जिम्मा  फिप्नाका महिला उपाध्यक्ष ममता राईले लिएकी थिईन् ।

कार्यक्रममा फिप्नाका सदस्य सॅस्थाहरूको तर्फबाट  आ- आफ्नो कला सॅस्कृति भेषभुषा र पहिरन झल्किने बिशेष किसिमको नृत्यहरू र गायनहरू प्रस्तुत गरेका थिए । साथै सह-कोषाध्यक्ष दावा ल्हामो शेर्पाबाट साईलेन्ट अक्सनको (धावा बोल) कार्यक्रम समेत नौलो तरिकाबाट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बिमल डॅागी र संगिता थापा मगर संगै सम्पुर्ण फिप्नाका सदस्य संस्थाहरुबाट आ-आफ्नो कला, संस्कृती र पहिरन झल्कने प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । र कार्यक्रमको अन्त्यमा डिजेको गित संगै भरपुर मनोरन्जनका साथ कार्यक्रम सम्म्पन्न भएको थियो ।

खाना संयोजक संस्थाका क्षेत्रीय उपाध्यक्ष राम कृष्ण महर्जनले  टिपिकल नेवारी खानाको ब्यवस्था गरेका थिए । भने संस्थाकी कोषाध्यक्ष कृष्ण माया महर्जन , सचीव शान्ती गुरुङ, सदस्य तिर्थ तमाङले सॅयुक्तरुपमा आमन्त्रित अतिथीहरुको स्वागत तथा व्यवस्थापनमा खटिएर सहयोग पु्र्याएका थिए ।

सघिंय परिषदका सदस्य संस्थाहरु मार्फत आएका स्वयंसेवकहरुको भुमिका पनि उदाहरणिय थियो ।

कार्यक्रमको अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

 

 

Loading...