Banner

फिप्ना द्दारा सांस्कृतिक गालाका स्वयंसेवक तथा कलाकारहरूका लागि सम्मान कार्यक्रम सम्पन्न

 

मकै हाउस सामुदायिक मिडिया, 
न्यूयोर्क, सेप्टेम्बर २८, २०२४ – नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) ले आज न्यूयोर्कमा स्वयंसेवक तथा कलाकारहरूका लागी सम्मान कार्यक्रम सम्पन्न गरेका छन ।  
फिप्नाका अध्यक्ष तोरन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सॅधिय परिषदका सभामुख , फिप्नाका सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सल्लाहकार , स्वयंसेवक र कलाकारहरूको उपस्थिती रहेको थियो। भने कार्यक्रमको सञ्चालन फिप्नाका महासचिव दिपक चौधरीले गरेका थिए । 

कार्यक्रमको प्रारम्भ फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङ द्वारा स्वागत मन्तव्य दिएर गरिएको थियो । उपस्थित सम्पुर्ण अतिथिहरूलाई धन्यवाद दिँदै फिप्नाका हरेक सफल कार्यक्रमहरूको पछाडि स्वयंसेवक, कलाकार र सदस्य संगठनहरूको सकृय सहभागिता र सहयोगबाट भएको कुरा राखेका थिए । त्यस्तै फिप्नाका सचिव एंव फिप्ना सांस्कृतिक गालाका संयोजक दाजिमा शेर्पाले फिप्ना सांस्कृतिक गालाको सफलतामा फिप्नाका सदस्य संगठनहरूको योगदान, स्वयंसेवकहरूको कठिन परिश्रम, र कलाकारहरूको सृजनात्मकतालाई विशेष रूपमा जोड दिदै हाम्रो संस्कृति र समुदायलाई अझ सशक्त बनाउन यस कार्यक्रमले मद्दत पुर्‍याएको कुरा राखेकी थिंईन् । 

कार्यक्रममा फिप्ना सांस्कृतिक गाला कार्यक्रमका सहभागी स्वयंसेवक , कलाकारहरू एवं सदस्य संस्थाहरूलाई फिप्ना सॅगको सहयोग र सहकार्यको कदर गर्दे सबै सहभागिहरूलाई फिप्नाका अघ्यक्ष तोरन गुरुङ र सभामुख भारती राई द्दारा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । 

सॅधिय परिषदका सभामुख , गुरुङ तामु समाज, किराँत याक्थुङ चुम्लुङ, मगर संघ, तामाङ सोसाईटी अफ अमेरिका र नेपाली अमेरिकी कलाकार संघ का प्रमुख तथा प्रतिनिधिहरूले पनि आ–आफ्ना मन्तव्य राख्दै फिप्नाको उद्देश्य र यसले नेपाली आदिवासी समुदायको पहिचान र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने काममा खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । 

कार्यक्रमको अन्तमा फिप्नाका अध्यक्ष तोरन गुरुङले सबै सहभागिहरूलाई धन्यवाद ज्ञापन गर्दै फिप्नाको आगामी योजनाहरूको बारेमा जानकारी गराउदै उनले भने, “हामी सबैको सहकार्यले फिप्नालाई अझ सशक्त र प्रभावशाली बनाएको छ। नेपाली आदिवासी समुदायको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने हाम्रो प्रयास यथावत् रहनेछ, र यसमा सबैको निरन्तर समर्थन आवश्यक छ ।” भन्ने कुरा ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए । 

 

Loading...