Banner

एनआरएनए, एनसिसी, अमेरिका द्वारा “नारि दिवस” सम्पन्न, १६ महिला सम्मानित

 

मकै हाउस मिडिया,

न्युयोर्क । गैह आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले गत मार्च ७,२०२६ का दिन न्युयोर्कको क्विन्स स्थित सत्य नारायण मन्दिरको सभाहलमा यस् बर्षको ११६ औ अन्तराष्ट्रिय नारी दिवस भव्यरुपमा सम्पन्न गरेको छ ।

यस् बर्षको अन्तराष्ट्रिय नारी दिवसको मुल नारा “गिभ टु गेन”मा आधारित रही गैह्र आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले गत मार्च ७,२०२६ का दिन न्युयोर्कको क्विन्स स्थित सत्य नारायण मन्दिरको सभाहलमा यस् बर्षको ११६ औ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न गरेको हो ।

एनआरएनएनए, एनसिसी अमेरिकाकी सचिव लक्ष्मी थापाले संयोजन गरेको यस् कार्यक्रममा न्युयोर्कमा बसोवास गरी बिभिन्न क्षेत्रमा अतुल्निय योगदान पुर्याउनु भएकी महिलाहरुको सम्मान र हौसलाको निमित्त “वुमेन लिडरशिप एक्सलेन्स एवार्ड” द्वारा १६ महिलाहरुलाई सम्मान समेत गरेको थियो ।

सम्मानितहुनेहरुमा पद्मा लिंखा मगर, सजना महर्जन, रश्मी भट्ट, रश्मी श्रेष्ठ, कामना पन्थी, डा. सुजाता शाह, सुनिता भण्डारी, श्रिया तुलाधर, बसन्ती राई, मिना शेर्पा, पाशी शेर्पा, मच्छे देवी गुरुंग, गिता खत्री, कुन्ति थापा, पुष्पा अधिकारी गौत्तम र पुर्णिमा सिंह खड्का रहेकी छन् ।

कार्यक्रममा बिभिन्न बक्ताहरुले “घरेलु हिंसा” र “समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए भने बरिष्ठ कानुनबिद खगेन्द्र जिसीले “वर्तमान अमेरिकी अध्यागमन कानुन” सम्वन्धी आफ्नो प्रस्तुती राख्दै सचेत गराएका थिए ।

कार्यक्रम सचिव तथा कार्यक्रम संयोजक लक्ष्मी थापाले संचालन गरेकी थिईन् भने कार्यक्रमको अन्त्यमा प्रतक्ष्य र अप्रतक्ष्यरुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन भएको थियो ।

 

 

Loading...