Banner

पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा

मकै हाउस मिडिया, बिमल डॅागी

काठमाडौं । पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनको यो घोषणासँगै काठमाडौं महानगरपालिकाको आगामी मेयर निर्वाचनलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्ने देखिएको छ।

 

Loading...