
द एन्जल्स ब्यान्ड, रबिन श्रेष्ठ र हरिश माथेमासंगै गायिका शशिकला मोक्तानले पनि प्रस्तुती दिने
मकै हाउस मिडिया,
न्यूयोर्क। नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूको सहभागितामा आगामी नोभेम्बर २० तारिख शुक्रबार न्यूयोर्कमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा नेपथ्य ब्यान्डका पहिलो गायकका रूपमा परिचित रबिन श्रेष्ठ र चर्चित द एन्जल्स ब्यान्ड, गायक हरिश माथेमा र गायिका शशिकला मोक्तानले पनि आफ्नो विशेष प्रस्तुति दिने भएकी छन्।
कार्यक्रममा चर्चित गायक हरिश माथेमा, रबिन श्रेष्ठ, द एन्जल्स ब्यान्डका गायक राजु तथा अन्य सदस्यहरूले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्। त्यस्तै, अतिथि कलाकारका रूपमा डीजे तेन्जिङ, गायिका शशिकला मोक्तान र प्रज्वल बज्राचार्यले समेत आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।
नोभेम्बर २० तारिख साँझ ७ बजेदेखि वुडसाइडस्थित द प्यालेस, 63-01 Roosevelt Avenue, Woodside, NY 11377 मा आयोजना हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ५० डलर तोकिएको छ।

Miracle Events LLC, DJ LS NYC, Nepal Event Photo र Rebel Events (रिबेल ईभेन्ट्स)को संयुक्त आयोजनामा तथा मन्डिप भुजेलको संयोजनमा कार्यक्रम हुन लागेको हो। कार्यक्रमलाई Bangla Travel ले पनि साथ दिएको छ भने Prime Tax & Accounting Inc. ले सहयोग गरेको छ।

कार्यक्रमबाट संकलित रकममध्ये केही हिस्सा नेपालका बाढीपहिरो प्रभावित क्षेत्रका पीडितहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रमको टिकट Namaste Wireless, Nepali Momo Cafe र Jackson Market लगायतका स्थानबाट उपलब्ध हुनेछन्। साथै ArtistNepal मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाली संगीतप्रेमीहरूलाई एउटै मञ्चमा चर्चित कलाकारहरूको प्रत्यक्ष प्रस्तुति हेर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

