Banner

रिक्तता’को टिजर सार्वजनिक, मंसिर १४ मा इटहरीमा म्युजिक भिडियो सार्वजनिक गरिने

 

मकै हाउस मिडिया,

ईटहरी ।  हिल्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सांगीतिक चलचित्र ‘रिक्तता’को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले आगामी मंसिर १४ गते इटहरीमा विशेष कार्यक्रम आयोजना गरी यसको आधिकारिक म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

मानवीय संवेदना, प्रतीक्षा र प्रिय व्यक्ति वा वस्तुको अभावले सिर्जना गर्ने मानसिक खालीपनलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको ‘रिक्तता’ले मौनता र भावनाको माध्यमबाट जीवनका केही गहिरा अनुभूतिलाई चित्रण गर्ने प्रयास गरेको छ।

गीतमा युवराज काफ्ले, रञ्जित राई र प्रकाश घिमिरेको शब्द रहेको छ भने प्रकाश घिमिरेकै स्वर तथा संगीत रहेको छ। गीतको संगीत संयोजन साइरस श्रेष्ठले गरेका हुन्।

राजा श्रेष्ठको अवधारणा, पटकथा तथा निर्देशन रहेको यस सांगीतिक चलचित्रको कथा नवीन चौलागाईंले लेखेका हुन्। सहायक निर्देशन विवेक रामदामले गरेका छन्।

चलचित्रमा सुहान चौलागाईं, विकास श्रेष्ठ, रिदम भट्टराई र अनुरोध राई मुख्य भूमिकामा देखिएका छन्। त्यस्तै, सुमित्रा घिमिरे भट्टराई, विमल बराल र दुर्गा कार्कीको पनि अभिनय रहेको छ।

‘रिक्तता’ निर्माणमा इटहरीस्थित कलालयले सहकार्य गरेको छ। संगीत र दृश्य कथनको संयोजनमार्फत मानवीय भावना तथा सम्बन्धका सूक्ष्म पक्षलाई दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित निर्माण गरिएको यस सांगीतिक प्रस्तुतिको आधिकारिक सार्वजनिक कार्यक्रमलाई दर्शक तथा संगीतप्रेमीले प्रतीक्षा गरिरहेका छन्।

Loading...