
हेर्दा-हेर्दै अर्को हवाईजहाज पनि आएर दोश्रो बिल्डिंगमा ठोक्कियो। त्यो दृश्य सम्झदा आज पनि पिडा हुन्छ – बेगम पंडीत 9/11 WTC

बेगम पंडित, संयुक्त राज्य अमेरीका
सेप्टेम्बर ११, २००१ को एका बिहानै अमेरिकामा भएको आतंककारी हमलामा ३ हजार भन्दा धेरै मान्छेहरुको ज्यान गएको थियो भनेपच्चीस हजार मान्छे घाइते भएका थिए। अल कायदा नामक आतंककारी संगठनले अन्जाम दिएको यो हमलामा अमेरिकाका चार वटाव्यवसायिक हावाईजहाजहरु अपहरण गरिएका थिए र ती हावाईजहाजहरु लाई हतियार बनाएर क्रमशः दुई वटा जहाज World Trade Center का दुई वटा गगन्चुम्बी बिल्डिङमा, तेस्रो जहाज पेन्टागनमा ठोक्काईएको थियो भने चौथो हवाईजहाज त्यस भित्रका यात्रुहरुकोअदम्य बहादुरीले गर्दा आतंककारीहरुले चाहेको ठाउँमा खसाल्न सकेका थिएनन र चौथो जहाज पेन्सेल्भेनियाको शांकसभिल भन्नेठाउँमा खसेको थियो। म त्यतिबेला भर्जिनियाको राजधानी रिचमण्डमा थिएँ । बिहानको आठ बजेर चालीस मिनेट गएको थियो होला ।म बिहान खाजा र चिया लिएर कुर्शीमा बसि टीभी खोलेर हेर्दा सि.एन.एन.मा दैनिक कार्यक्रम आइरहेको थियो तर अचानक आठ बजेरपचास मिनेट पछी अचानक समाचारको विषय मोडियो।
सी.एन.एन.मा World Trade Center को उत्तरी बिल्डिङ मा धुवा उडिरहेकोदेखिन्थ्यो, पहिले त विद्द्युतीय तरङ्गले आगो लागेको होला भनेर शंका गरियो। समाचारदाताहरु पनि अलि भ्रमित भएका जस्ता देखिन्थे तर हेर्दा–हेर्दै नौ बजेर तीन मिनटमा अर्को प्लेन पनि आएर दक्षिणी बिल्डिंगमा ठोक्कियो। ठोक्किने बित्तिकै त्यो बिल्डिङबाट आगोकाज्वाला निस्किन थालेको थियो। मनमा लाग्यो हे भगवान के भयो एस्तो, कल्पना नै गर्न नसकिने दृश्यलाई आफ्नै आँखा अगाडि देख्नुपरिरहेको थियो। टिभिका सबै च्यानलमा हाहाकारको स्थिति थियो। केही बेरमै एक–एक गर्दै दुई वटै बिल्डिङ तासको पत्ता जस्तै ढलेरगए। कसैले अनुमान पनि लगाउन सकेको थिएन कि आखीर कसरी भयो यो भनेर। समय बित्दै गयो र अनुसन्धानकर्ताहरुले चारवटाजहाज अपहरण भएको पुष्टि गरे। तत्कालीन अमेरिकी रास्ट्रपति जर्ज बुशले राष्ट्रको नाममा सम्बोधन गर्दै भनेका थिए ” आतंककारीहरुले आफ्नो कायरता पुर्ण कार्यले एक दुई वटा बिल्डिङ त ढलाउन सक्लान तर अमेरिकाको जगलाई कहिलेपनी हल्लाउन सक्ने छैनन”
तर आफ्नै अगाडि त्यो घटना त्यो दिल नै हल्लाउने दृश्य सम्झदा आज पनि मेरो मस्तिष्कमा पिडा हुन्छ।