
तमु परीवार न्यूयोर्कको आयोजनामा महिलाहरुको महान चाड ‘हरितालिका तिज कार्यक्रम २०२१’ सम्पन्न
मकै हाउस न्युज, न्युयोर्क ~ सुनिता शर्मा कोइराला
तमु परीवार न्यूयोर्कको बिशेष आयोजनामा गत शनिबार न्युयोर्कको क्विन्स बृज पार्कमा महिलाहरुको बिशेष चाड र अमेरिकामा रहेरपनि नेपाली कला संस्कृती र परम्परालाई निरन्तरता दिदै “हरितालिका तिज कार्यक्रम २०२१” भब्य तरीकाले मनाएका छन् ।

कार्यक्रममा तमु परीवारका निवर्तमान अध्यक्ष डम्बर जंग गुरुङको सभापतित्व रहेको उक्त कार्यक्रममा तमु परीवारकी वर्तमान अध्यक्षमनिता गुरुङ लगाएत न्यूयोर्कमा रहेका विभिन्न सामाजिक संस्थामा आवद्ध विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा तमु परीवार न्यूयोर्कका अध्यक्ष मनिता गुरुङ निवर्तमान अध्यक्ष डम्बर जंग गुरुङ, यांसरी गुरुङ, नेपाल कलाकार संघकाअध्यक्ष निशा सुनार, बरिष्ठ उपाध्यक्ष वसन्ती राई, उपाध्यक्ष विमल डाँगी, तामाङ समाज अमेरिकाकी अध्यक्ष विनिता तामाङ तथाएभिन्यूज खबर टेलिभिजनकी न्यूयोर्कको लागी संम्वाददाता सुनिता शर्मा कोइराला लगाएतको उपस्थिती रहेको थियो ।

अमेरीकाको न्युयोर्कमा रहेका दिदी वहिनीहरुले प्रत्येक वर्ष हुने विभिन्न सांस्कृतिक पर्वहरु भब्यरुपमा मनाउँदै आएका छन् ।
वक्ताहरुले बोल्नेक्रममा यस प्रकारका कार्यक्रमहरुले नेपाल र नेपालीहरुको कला संस्कृतिलाई निरन्तता दिनुको साथै अन्तराष्ट्रियस्तरमा समेत पहिचान बनाउन सहयोग पुग्ने बताएका थिए ।
नेपाली पहिरन रातो साडी चोलो र गरगहनामा सजिएका महिलाहरुको उक्त पोषाकले कार्यक्रम थप आकर्षक बनाएको थियो ।

कोरोनाको प्रभावलाई ध्यानमा राख्दै स्वास्थ्या सुरक्षका उपायहरु अवलम्बन गरि गरिएको कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्नभएको वर्तमान अध्यक्ष मनिता गुरुङले बताउनुभयो ।
न्यूयोर्कमा रहेका विभिन्न सामाजिक संस्थाहरु गार्खाली समाज न्यूयोर्क, धादिङ समाज न्यूयोर्क लगाएतका विभिन्न संघ संस्था हरुलेपनि कार्यक्रम आयोजना गरि भब्य रुपमा तीज मनाएका थिए ।