
द.कोरिया स्थित नेपाली राजदुतावासको आयोजनामा संविधान दिवस तथा आठौ राष्ट्रिय दिवस भब्य समारोह विच सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
बिक्रम बज्यू , दक्षिण कोरिया
दक्षिण कोरिया । दक्षिण कोरिया स्थित नेपाली राजदुतावासले संविधान तथा आठौ राष्ट्रिय दिवस को अवसरमा भब्य समारोह विच सम्पन्न गरेका छन्।
आइतबार राजधानी सिओल स्थित राजदूतावासको परिसरमा कार्यक्रम सम्पन्न भएको थियो।

कोरियाका लागी नवनियुक्त राजदुत प्रध्यापक डा. ज्योति प्याकुरेल(भण्डारी) को बिषेश उपस्थितिमा कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त राजदूत प्याकुरेलले सबैलाई स्वागत गर्दै उहाँले नेपालले अब बिकासको गति समातेको बताउँदै अब पछाडी फर्कन नपर्ने बताईन् ।
साथै कार्यक्रममा श्रीलङ्काका लागी पुर्व राजदुत डा. विश्वम्भर प्याकुरेल, उपनियोग प्रमुख लगायत कोरियाका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थितिका रहेको थियो ।

उक्त भव्य समरोहमा नेपाली साँस्कृतिक नित्य र गित संगितको मनोरन्जनात्मक कार्यक्रम विच कोरियामा रहेका नेपाली कविहरु ले कविता बचन समेत गरेका थिए।

समारोहमा सहभागी हुन राजदुतावासले नेपाली राष्ट्रिय पोसाक तथा फर्मल पोषक को अनिवार्य गरेको उक्त समारोहमा कोरिया मा रहेका विभिन्न संघ-संस्थाका पदाधिकारीहरु नेपाली राष्ट्रिय पोसाकमा राजदुतावासको परिसर पुगेका थिए।
कार्यक्रम कोरियाली समय अनुसार दिउँसो ३ बजे सुरु भएको थियो।भने कार्यक्रमको संयोजन तथा सन्चालन
कोरियाका लागी श्रमसहचारी रमा भट्टाराईले गरेका थिए।



