Banner

द गुरुङ (तमु) सोसाइटी ईंक, अमेरिकाद्वारा बाढीपीडितका लागि २० लाखभन्दा बढी आर्थिक सहयोग

 

मकै हाउस मिडिया, 

न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इंक., अमेरिकाले नेपालका बाढीपीडितहरूको सहयोगार्थ रु. २० लाख ११ हजार २२६ आर्थिक सहयोग गरेको छ। सोसाइटीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गरेको हो । 

Screenshot

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल तथा नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलाई सोसाइटीका अध्यक्ष ओम गुरुङ, सोसाईटी तथा फिप्नाका निवर्तमान अध्यक्ष तोरण गुरुङ र अन्य पदाधिकारीसहितको टोलीले न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयमा भेट गरी बाढीपीडितका लागि गरिएको सहयोगको जानकारी गराएको थियो।

सो अवसरमा सोसाइटीका तर्फबाट रु. २० लाख ११ हजार २२६ बराबरको प्रतीकात्मक (सिम्बोलिक) चेक समेत हस्तान्तरण गरिएको थियो।

नेपालमा बाढी तथा पहिरोका कारण प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको सोसाइटीले जनाएको छ।

 


 

 

 

Loading...