Banner

सुदुरपश्चिम समाज अमेरिका द्वारा नेपाल बाढिपिडितका निमित्त रु.३ लाख २५ हजार सहयोग

 

मकै हाउस मिडिया,

न्युयोर्क । सुदुरपश्चिम समाज अमेरिकाले नेपालमा हालै गएको महाविनाशकारी बाढी पिडितको सहयोगार्थ रु. ३,२५,११९ आर्थिक सहयोग गरेका छन् । 

समाजका उपाध्यक्ष सविन चन्द ठकुरीको संयोजकत्वमा बाढी पिडितका निॅमित्त रु. ३ लाख आर्थिक सहयोग पुर्याउने लक्ष्य राखि आर्थिक संकलन गरेका थिए । तर रु. ३ लाख भन्दा बढी रु. ३,२५,११९ संकलन गरी प्रधानमन्त्री राहतकोषमा पठाएको संयोजक चन्दले जानकारी गराएका हुन् । 

समाजले आर्थिक संकलन कार्यमा सहयोग पुर्याएका सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । 

 

 

Loading...