Banner

वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता, धर्म दत्त ढुङ्गाना

वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता

धर्म दत्त ढुङ्गाना, सर्लाही

यो महामारीको समयमा हाम्रा राजनीतिक दलहरू एक आपसमा मिल्दै यो महामारी बिरूद्व एक होलान र त्यसका बिरूद्व लड्लान् भन्ने आम जनताको चाहाना थियो । तर महामारीको समयमा पनि  यिनिहरूको सत्ता मोह र भोगले छुन सकेन ।  प्रतिगमनको नाममा होस् या संसद बिघटनको नाममा सड्कमा नाङगो नाच प्रस्तुत गर्न सत्ता पक्ष र विपक्ष बिच प्रतियोगिता नै चल्यो कसले बढि भिड जम्मा गर्ने भन्नेमा । यो महामारीमा भएको मानिविय र आर्थिक क्षतिको मुख्य दोषि सरकार र प्रतिपक्ष  दल नै हुन । नेपाल जस्तो बिस्तारै विकास तिर उन्मुख भएको बेला यो महामारीले हामी लाई १० बर्ष पछाडि धकेलेको छ यसको जिम्मेवारी सरकार र विपक्षि दलले लिनै पर्छ । जनताको लागि आर्थिक , सामाजिक र सांस्कृतिक परिवर्तनका लागि जेलनेल भोगेका हाम्रा राजनीतिक दलका अगुवाहरू जब सत्तामा पुग्छन् यिनिहरूले राज्य नै मेरो र यहाँका जनता मेरा रजौटा झै गर्ने मानसिकताको बिकास भएको छ । त्यो १० बर्षे जनयुद्व बाट अाएका हरूबाट हुन्  वा अन्य बाट । प्रजातान्त्रिक समाजवाद, प्रगतिशील समाजवाद र २१ अौं शताब्दीको जनवादको नाममा जनता लाई भुलाउने र अाफ्नो निहित स्वार्थ पुरा गर्नेमा हाम्रा ठुला दल तल्लिन देखिन्छन् । हाम्रो अाफ्नो माटो सुहाउँदो वादको अावश्यकता भएको छ अब हामीलाई । अब नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने कुरामा अहिलेको युवा पुस्ता गम्भिर बन्नु पर्ने अावश्यक भएको छ अन्यथा यो देश भडखालोमा जाने र यिनै पुराना दल र नेतृत्व बाट परिवर्तनको अाशा राख्नु भनेको ”बनमारा रोपेर , श्रिखण्ड ” को अाशा गर्नु बराबर नै हो । त्यसैले नयाँ पुस्ता अब एउटा सशक्त वैकल्पिक शक्तिको लागि अग्रसर हुनु पर्ने अहिलेको अावश्यकता हो । अब ढिलो गर्नु भनेको आउने भावि पुस्ता र अहिलेको पुस्ता लाई पछाडि धकेल्नु हो । त्यसैले सबैले हातेमालो गर्दै आफ्नो माटो र भु-वनोट सुहाउँदो वादको स्थापना गर्दै सबै नेपाली एक हुन जरूरि छ । २१ औ शताब्दीमा पनि एति सुन्दर र प्रकृतिले दिएको अनुपम उपहार पाएको देश अझै पनि पछि पर्नुको कारण हाम्रा पुराना दलमा रहेका सत्ता स्वार्थ नै हो । देश जहाँ गए पनि आफ्नो सत्ता जोगाउने र परिवारवाद, डनवाद र धनवादमा तल्लिन हुदै सात्तौ पुस्तालाई पुग्ने सम्पति जोडदैमा ठिक्क भएको छ । अब पनि हामी जागेनौं भने हाम्रो पुस्ताले आफुले आफैलाई धिकार्ने बाहेक केहि हुने छैन ।अहिलेको युवा पुस्ताले मात्र यो देशलाई अब सहि गन्तव्य तिर लैजान सक्छ त्यसैले आलोचना मात्र गर्ने होइन अब सकृय सहभागिता अावश्यक छ । अाफ्नो सुन्दर भविष्य अष्ट्रेलिया, अमेरिका र युरोपियन मुलुकमा देख्नु भन्दा आफ्नो  खोज्नु पर्ने अवस्था भइसकेको छ अन्यथा पुरपुरोमा हात लगाएर बस्नु बाहेक अर्को विकल्प हामी संग हुने छैन् । युवा पुस्ता जाग्ने, तात्ने बेला भएको छ अब । उठौं जागौं, सम्मुनत नेपाल बनाउनको लागि जहाँ अाउने पुस्ताले गर्वका साथ सगरमाथाको देश को म नेपाली भन्न सकोस् । अहिलेको राजनीति भनेको नाफामुलक ब्यवसाय झै भइ सकेको छ ठेकदार, हप्ता असुली र चुल्टे मुन्द्रेहरू नै राजनीति खेलाडी भएका छन् । अार्दश, विचार, विधि र पद्वतिको राजनीति अहिले हराएको छ । हिमाल, पहाड र तराईको कोहि छैन पराई भने झै सबै जाती, समुदाय, धर्म, लिङग लाई एक बनाउदै सबैको साझा फूलवारि को रूपमा यो देशलाई सजाउने जिम्मा युवाको काधमा अाएको छ । श्रमको सम्मान गर्दै देशमा नै रोजगारको सृजना गर्दै युवा पुस्ता लाई पुन निर्माण लगाउनु पर्छ । शिक्षा र स्वास्थ्य जस्तो जनताको नैरसर्गिक अधिकार लाई ब्यापारिकरण गर्दै नाफामुलक व्यबसायको अगाडि बढाइँएको छ । शिक्षा र स्वास्थ्य पनि केहि मुट्ठी भरका मान्छेका कब्जामा जाने र गरिव र निमुखा हरू उचित शिक्षा र सुलभ स्वास्थ्य उपचार गर्न नसक्ने ब्यवस्था लाई खारेज गर्दै शिक्षा र स्वास्थय लाई सरकारिकरण गर्दै सबैको समान पहुच स्थापना गर्न जरूरि छ । देशको कुल बजेट को ४६ % प्रतिशत मात्र खर्च हुने अहिलेको यहि ब्यवस्थाले देश अगाडि बढ्न सक्दैन अब त्यसैले देशको राज्यशक्तिमा युवाहरू को उपस्थितिले मात्र देशको काचुलि फेर्ने छ । अब पनि हामी बिउ्झिएनौ भने हामी संगै यो देश पनि निदाएको नै हुनेछ । देश मा अहिले हामी तिनतहको सरकार सञ्चालनमा अाएको छ संघियता अाफैमा गलत होइन तर यति सानो देशमा ७/७ बटा प्रदेश धान्न सक्छ कि सक्दैन त्यसको मुल्याकन हुन जरूरि छ । प्रदेश सरकारलाई  अझ छरितो बनाउदै स्थानियतह लाई अझ बढि अधिकार र शक्तिशाली बनाउदै जानुपर्छ । देशको प्रमुख अायश्रोत कृषि रहेको देशमा प्रत्येक बर्ष मलखाद को अभाव झेल्नु पर्ने र हाम्रा नदिहरू छिमेकि देशमा बगेर जाने हामी चाहिँ  सिचाई बाट बञ्चित हुनु पर्ने अबस्था को अन्त्य गर्दै  भौगोलिक अबस्था र क्षति र भोलिको भविष्य हेर्दै हाम्रा नदिहरू लाई डाईभर्सन मार्फत भए पनि कृषक लाई सिचाईको ब्यवस्था गर्दै कृषिमा अात्मनिर्भर हुदै अर्गानिक खेति तर्फ अग्रसर हुनु   जरूरि छ । हामीमा प्रर्यटन र जलविधृतको प्रचुर सम्भावना हुदा हुदै पनि हामीले त्यसको सहि सदुपयोग र प्रसार प्रचार गर्न सकिरहेका छौनौं त्यस​ले पनि  हामी अार्थिक रूपमा पछाडि परिरहेका छौ । अहिलेको राजनीतिक नेतृत्वले नत् सहि भिजन दिन सक्छन न नँया नेपाल निर्माण गर्न नै  त्यसैले वैकल्पिक नयाँ शक्तिको निर्माण गर्दै  अवको युवा पुस्ताले यो देशलाई अगाडि बढाउने छ र बढाउनु नै पर्छ । त्यसैले वैकल्पिक नयाँ शक्ति निर्माणको अभियानमा सकृय हुँदै सम्मुनत, स्वाभिमान र सम्वृद्व नेपाल बनाउन हातेमालो गरौं । जय देश नेपाल ।

Loading...