Banner

बाढीपीडितका सहयोगार्थका लागी ‘द एन्जल्स’ ब्यान्ड, हरिश माथेमा र रबिन श्रेष्ठको लाइभ कन्सर्ट न्यूयोर्कमा हुँदै

 

मकै हाउस मिडिया, 

न्यूयोर्क, अमेरिका। नेपाली संगीतप्रेमीहरूलाई लक्षित गर्दै आगामी नोभेम्बर २०, २०२६ मा न्यूयोर्कको वुडसाइडस्थित द प्यालेसमा विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ।

‘द एन्जल्स’ ब्यान्डसहित गायक हरिश माथेमा र रबिन श्रेष्ठले प्रस्तुति दिने उक्त कार्यक्रममा चर्चित गीत–संगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ। साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रममा प्रवेश शुल्क ५० डलर तोकिएको छ।

कार्यक्रम नेपालको बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले गरिएको यस् कार्यक्रम मिराकल इभेन्ट्स न्यूयोर्क, डिजे एलएस न्युयोर्क र रेबेल ईभेन्ट न्युयोर्कको संयुक्त सहकार्यमा हुन लागेको हो।

 

Loading...