Banner

अमेरिकामा किरात याक्थुङ् चुम्लुङ्गले गज्जबले मनायो मौलिक पर्व (फोटो सहित)

अमेरिका ब्युरो, मकै हाउस न्युज

जुलाई २४ का दिन न्युयोर्कको क्विन्स बृज पार्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ मौलिक पर्ब सिसेक्पा तङ्नाम हर्ष उल्लासका साथ सम्पन्न गरेको छ ।

नेपाल सरकारको तर्फबाट महाबाणिज्यदूत बिष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यता, बिशेषअतिथिहरुमा नेपाल आदिबासी जनजाती महासंघ-अमेरीकाका (फिप्ना) अध्यक्ष लोक चेम्जोंग र एनआरएनए अमेरीका- न्यूयोर्क शाखाका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा रहेको सिसेक्पा तङ्नाम भब्य, सभ्य र रमाइलो साथ सम्पन्न  भएको छ ।

उक्त समारोहमा नेपाली बिभिन्न संघ संगठनका नेतृत्व, प्रतिनिधि, बुद्धिजीवी जनसमुदायहरुको उपस्थिति रहेको थियो । उक्त पर्वकोलागी कनेक्टिकट, न्यूजर्सी, मेरिल्याण्ड, एरीज़ोना,  टेक़्सस देखी मौलिक पर्ब मनाउन आएका थिए ।

आफ्नो संस्कार, संस्कृति, भाषा, धर्म जोगाउनु,जगेर्ना गर्नु पर्छ भन्ने चेतना भएका याक्थुङ जातको उक्त पर्वलाई आर्थिक सहयोग पनि प्राप्त भएको आयोजकले जनाएका छन् ।

आयोजक तथा किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले कार्यक्रममा पाल्नु भएका सम्पुर्ण संस्थाका प्रतिनिधि, संस्थाका सदस्य र सम्पुर्ण अतिथीहरुमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

Loading...