काठमाडौँ – पूर्वयुवराज पारस शाहको समर्थनमा पारस शाह समर्थकहरुले सडक प्रदर्शन शुरु गरेका छन् । शुक्रबार साँझ चक्रपथकोनारायणगोपाल चोकमा हेल्मेट नलगाई मदिरा सेवन गरी मोटरसाइकल चलाएको कारण पूर्वयुवराज पारस शाहलाई प्रहरीले नियन्त्रणमालिएको थियो ।
प्रहरीले भ्यान बोलाऊदै हामी संग हिड्नुस भनेका थिए पुर्वयुवराज पारस शाहले नशामा तालमा मलाई चिनेको छस् ? म जान्न भन्दै एकैछिन भनाभन परेको थियो । एकै छिनपछि धेरै भिड जम्मा भयपछी स्थानीय युवाहरुले छुटाएर घर पठाइदिएका थिए । त्यसै घटनालाईलिएर आक्रोशित पारस शाह समर्थकहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
पुर्वयुवराज पारस शाहलाई सोधपुछ गरेकोमा असन्तुष्ट जनाई उनीहरुले ट्राफिक प्रहरीविरुद्ध महाराजगञ्जस्थित भाटभटेनी अगाडिटायर बालेर विरोध जनाएका छन् । विरोध कार्यक्रम सम्पूर्ण राजावादी संगठनको आयोजनामा शाही शक्ति नेपालले गरेको हो ।
विरोध प्रदर्शनमा शाही शक्तिका अध्यक्ष मुनिन्द्रराज भण्डारी,सतिश राजावादी,सागर राजावादी,सुशील राजावादीलगायत ५०/६० जनासहभागी थिए । राजावादीहरुले श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै विभिन्न ठाउँमा उनको समर्थनमा नारा,जुलुससमेत गरेका छ