Banner

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

साउन १७, काठमाडौं। नेपाली सेनाका बलाध्यक्ष रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त भएका छन्। नेपाली सेनाकी परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार कामु प्रधानसेनापति नियुक्त गरेकी हुन्। यसअघि नै मन्त्रिपरिषदको बैठकले शर्मालाई कामु प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले उनलाई नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘ नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७८–५–२४ गतेबाट समाप्त हुने भइ अनिवार्य अवकाश पाउने र  मिति २०७८–४–२५ गतेबाट घरबिदामा बस्‍नु हुने भएकाले हाल जेष्ठ्ताका क्रममा रहेका ब्यच नम्बर १३५३ बालाधिकृत रथी श्री प्रभुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा ९३० अनुसार नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८–४–१२ गतेको निर्णबाट सिफारिस भए बमोजिम मिति २०७८–४–२६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ।’

Loading...