
फिप्नाको आयोजनामा हाल सम्म कै उच्च राशिको खेलकुद महोत्सब न्युयोर्कमा हुदै
मकै हाउस न्युज- अमेरिका ब्युरो,
यो हप्ता ऐतिहासिक दिनको सुरूवात हुदैछ । नेपाली अमेरीकन युवाहरूको स्वास्थ्य र मनोरन्जनलाई उच्च प्राथमिकतामा राखि “विश्व आदिवासी दिवस २०२१”को अवसरमा नेपालआदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) द्वारा अगष्ट ७ र ८ मा ‘फिप्ना कप फुटबल’ र ‘भलिबल कप’ खेलको आयोजना हुदैछ।
न्यूयोर्कको नेपाली खेलको ईतिहासमै पहिलो चोटी उच्च पुरस्कारको राशी ( दावी गरिए अनुसार) रहेको उक्त खेलमा न्यूयोर्क रन्युयोर्क बाहीरको राज्यहरु टेक्सास, पेन्सिलभेनिया , बोष्टन र म्यारील्यान्ड लगायत राज्यहरू बाट खेलाडीहरू आफ्नो टिम सहित उच्चमनोबल र हर्षोल्लासको साथ सहभागी हुदैछन् । 
“यो वर्ष देखी कपको सुरूवात गरिएको छ अब यसलाई प्रत्येक वर्ष निरन्तरता दिने समेत फिप्नाको योजना रहेको छ ।सबैलाईसक्रिय सहभागिता जनाउनहुन हार्दिक अनुरोध गर्दछु – लोक चेम्जोंग, अध्यक्ष- नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) संयोजक- २७औं अन्तराष्ट्रीय विश्व आदिवासी दिवस आयोजक मूल व्यवस्थापन समिती २०२१”
बिस्तृत जानकारीको लागी-
भलिबल संयोजक- याम पुन (646) 643-6578
फुटबल संयोजक- सुमन थाम्सुहाङ (917) 442-8428