Banner

एनआरएनए अमेरिका न्युजर्सी च्याप्टरको नया कार्य समितिको पदभार तथा सपथ ग्रहण कार्य सम्पन्न

 

मकै हाउस न्युज, अमेरिका ब्युरो,

अगस्ट ९,२०२१ सोमबारको दिन न्युजर्सिको एडीसनमा रहेको स्पाईस हाऊस नेपाली एण्ड ईन्डियन रेष्टुरेन्टमा एनआरएनए एनसिसि न्युजर्सि च्याप्टरको आयोजनामा एनआरएनए एनसिसि अमेरीका, न्युजर्सि च्याप्टरको नया कार्यसमिति गठन, कार्यभार हस्तान्तरण र सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा एनआरएनए एनसिसि अमेरीकाका अध्यक्ष बुद्दी सागर सुबेदी, प्रथम महिला भुमा सुवेदी, बरिष्ठ उपाध्यक्ष कृष्ण जिबी पन्थ, महासचिब अन्जान कुमार चौलागाई, प्रमुख निर्वाचन आयुक्त बिश्व बराल, आईसिसि सदस्य संजिब कुमार श्रेष्ठ, आईसिसि निर्बाचन कमिटी सदस्य डा. बिष्णु माया परियार, एनआरएनए एनसिसि अमेरीका उत्तर पुर्विय क्षेत्रिय संयोजक सम्मर बहादुर बुढाथोकी, एनसिसि सल्लाहकार बिरेन्द्र जंग कार्की, न्युयोर्क च्याप्टर अध्यक्ष आंग छिरिंग शेर्पा, न्युयोर्क च्याप्टर उपाध्यक्ष शोभाकान्त पान्डे, धादिंग समाज उपाध्यक्ष भक्त गुरुंग, एनसिसि निबर्तमान युवा संयोजक बिनोद रुवाली, युवा सामाजिक अभियन्ता टक रुवाली, स्यांगजा समाज मिडीया संयोजक दिनेश भन्डारी, दर्शन ठकुरी समाज अध्यक्ष मिलन शाही ठकुरी, न्युजर्सि नेपाली समाज संथापक मदन भुर्तेल र स्थानिय समाजसेवीद्वय शिव बराल, टेक सापकोटा, तिल कार्की, राजु जनिस, कृ्ष्ण पौड्याल र सिता कंडेल उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना ब्यक्त गर्ने क्रममा उपस्थित सम्पुर्ण अतिथिहरुले नबगठीत समितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको भुमिकामा रहनु भएका एनआरएनए एनसिसि अमेरीकाका अध्यक्ष बुद्दी सागर सुवेदीले आफ्नो कार्यकालमा अमेरीकाको बिभिन्न क्षेत्रमा छरिएर रहनु भएका गैर आवसिय नेपालीहरुको हितमा काम गर्ने र दोहोरो नागरीकता बिध्येक पारित गर्न नेपाल सरकार संग प्रभावकारी समन्वय गर्ने, युवाबर्ग र महिलाबर्ग लक्षित प्रभावकारी कार्यक्रम ल्याउने समेत बाचा गर्दै नबगठीत न्युजर्सि च्याप्टरका सम्पुर्ण पदाधिकारीहरुलाई खादा द्वारा सम्मान गर्दै प्रमाण-पत्र हस्तान्तरण गरि सफल कार्यकालको शुभकामना सहित च्याप्टरले गर्ने हरेक राम्रो कृयाकलापमा जस्तो सुकै अवस्थामा पनि सहयोग गर्ने वाचा गर्नु भएको छ ।

कार्यक्रममा भर्खरै नबगठीत समितिलाई नेतृत्व गरेका न्युजर्सि च्याप्टरका अध्यक्ष सुर्य मोहन तिवारीले पाल्नु भएका सम्पुर्ण अतिथिलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा सबै संग एकतृत हुदै न्युजर्सि निवासी नेपालीहरुको सेवाको निमित्त जुनसुकै अबस्थामा पनि आफु तयार रहने प्रतिज्ञा ब्यक्त गर्नु भएको छ ।

नबगठीत समितिको नामाबली निम्न रहेको छ :-

अध्यक्ष :- सुर्य मोहन तिवारी
उपाध्यक्ष :- खडग बहादुर पुलामी (बिक्की पुलामी)
सचिब :- कृष्ण राज सुबेदी
कोषाध्यक्ष :- कमल कोईराला
महिला संयोजक :- रुबिना श्रेष्ठ
युवा संयोजक :- सौर्या बराल

बोर्ड सदस्यहरु :-
दिपा सत्याल उप्रेती
दिल श्रेष्ठ
शुशिल पोख्रेल
आशिष बिष्ट
शेखर पौडेल

बरिष्ठ सल्लाहकार :-
खगेन्द्र जिसी

सल्लाहकारहरु :-
डा. बिष्णुमाया परियार
मदन भुर्तेल
भक्त गुरुंग
मिलन शाही ठकुरी
प्रकाश थापा

कार्यक्रमको औपचारिकता (कार्यक्रम संचालन) मेम्बर भरिफिकेशन समितिका सदस्य बेगम पंडीतले गरेको थियो भने अफिसियल फोटोग्राफरमा शुरेस गुरुंग हुनुहुन्थ्यो ।

Loading...