
फिप्ना आयोजित आदिवासी चलचित्र महोत्सवको अफिसियल होस्टमा पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ

मकै हाउस न्युज,अमेरीका ब्युरो,
‘विश्व आदिवासी दिवस २०२१’को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाले आयोजना गर्ने नेपाली आदीवासी चलचित्र महोत्सव २०२१ तथा अवार्डसेरेमोनिका लागि पुर्व मिस नेपाल २०१० तथा चर्चित अमेरीकन फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘डान्स विद द स्टार्स नेपाल’का होस्ट सदिक्षा श्रेष्ठले कार्यक्रम होस्ट गर्ने भएको छ ।
प्रत्येक बर्ष आयोजना हुदै आईरहेको यो कार्यक्रममा यस् वर्ष ७ वटा मातृभाषाकाचलचित्रहरू प्रदर्शनमा प्रतिस्पर्धा हुनेछन् ।
नेपालका आदिवासी पहिचान , कला , संस्कृति , भाषा नेपालका सम्पती हुन । यसको प्रचार प्रसार , प्रवर्धन गरी विश्वसमुदायमा मौलिक पहिचानलाई स्थापीत गर्दै नेपाल चिनाउने महान अभियान यो कार्यक्रमको मुख्य उदेश्य हो ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको आयोजनामा सम्पन्न हुन गईरहेको चलचित्र महोत्सव तथा अवार्ड सेरोमोनीमा २०२१भव्यरूपमा सम्पन्न गरौ भनि फिप्नाको अफिसियल फेसबुक पेज मार्फत आव्हान गरेको छ ।
कार्यक्रम अगस्टको २१ र २२ मा ५९–१५ ३७ एभिन्यु, वुडसाईड, न्युयोर्क, गुल्सन टेर्रासको हलमा हुने भएको छ ।