
तिजको अवसरमा न्युयोर्कमा ‘गुन्जियो तिजको भाका’ (भिडीयो सहित)
मकै हाउस न्युज, अमेरीका ब्युरो,
“गुन्जियो तिजको भाका” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । महिलाहरुको महान चाड तिजलाई लक्षित गरेरअमेरिकाको न्युयोर्कबाट तिज गित ल्याईएको हो ।

न्युयोर्क शहरको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकोहो ।

माया गुरुङको पहीलो स्वरबद्ध रहेको गितमा माया स्वयंले अभिनय गरेको छ । माया संगै उक्त भिडीयोमा गितका रचनाकार ममता राई“यात्री” कमला राई, यशोदा राई, जानुका कंडेल, निरु राई र प्रबिन गुरुङलाई पनि देख्न सकिन्छ ।
ममता राई “यात्री” द्वारा लिखित उक्त गितमा संगित दिप घतानीले भरेका हुन् । उक्त म्युजिक भिडियोमा छायांकन र सम्पादन ओमकर्माचार्यले गरेका हुन, यशोदा राईको कोरियोग्राफी रहेको भिडीयो भने रमेश सुनुवारले निर्देशन गरेका हुन ।
न्युयोर्कको वुडसाईडमा रहेको रेडपान्डा नेपाली रेष्टुरेण्टमा एक कार्यक्रम बिच म्युजिक भिडीयो सार्वजनिक गरिएको कार्यक्रममान्युयोर्कका समादसेवी/समाजिक अभियन्ता केशबराम राई बिशेष अतिथिमा हुनुहुन्थ्यो । नेपाली चेलीबेटीहरुले यस्तो व्यस्तताको बिच पनि नेपाली गित संगीतको बजारमा एउटा इटा थप्ने कार्य गरेकोमा सबैलाई हार्दिक बधाई तथा शुभकामना समेत दिनु भएको थियो।