Banner

आर के र मेलीनाको स्वर, बिश्व र आश्मा अभिनित ‘सपनिमा’ सार्बजनिक (भिडियो सहित)

 

 

मकै हाउस न्युज, अमेरीका ब्युरो

गायक आरके खत्री गायिका मेलिना मैनालीको युगल स्वरमा तयार भएको गित कलाकार बिश्व शर्मा आश्मा गिरी अभिनितसपनीमाबोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

पारस मास्टरपेनको र्‍याप लाई नौलो शैलीमा समाबेश गरीएको गितमा अनिल कुँवरले बिट निर्माण गरेको हो

प्रेमिल शैलीको म्युजिक भिडियोमा गायक कमल खत्रीकोआत्मामाबोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल तथारुद्रचलचित्रका अभिनेता विश्व शर्मा ड्रिम गर्लचलचित्र बाट डेब्यु गरेकी नायिका एवम मोडल आश्मा गिरीले अभिनय गरेका छन्।

बिभोर पोखरेलले निर्देशन गरेको यस् भिडियोलाई अनिल के मानन्धरको छायांकन विवेक सुनारले सम्पादन गरेका हुन्।

मोडल/अभिनेता शर्माको आधिकारिक च्यानलविश्व शर्मामार्फत भिडियो सार्वजनिक गरिएको हो। हाल अमेरिकामा रहेका मोडलशर्माले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

Loading...