Banner

एनआरएन अमेरीकाले अमेरीकी सेना संगको सहकार्यमा स्वास्थ्य सामग्रि नेपाल पठाउदै

 

 

मकै हाउस न्युज, अमेरीका ब्युरो
गैर
आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोगपुर्‍याउने लक्ष्यका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी भइरहेको भर्खरै जारी बिज्ञप्तिद्वारा जानकारी गराईएको

विज्ञप्ति

अमेरिकी सेनाको जहाजमा एनआरएनए अमेरिकाले स्वास्थ्य उपकरण सामाग्री नेपाल पठाउँदै।

गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोगपुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी भइरहेको १० लिटरकाअक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण सामाग्री नेपाल पठाउन सहयोग सङ्कलन भइरहेको जानकारीगराउदछौं आवाश्यक स्वास्थ्य सामग्री खरिद सङ्कलनमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पदाधिकारी, बोर्ड सदस्यहरूसाथै च्याप्टरका प्रतिनिधिहरूले काम गरिरहनु भएको

नेपाल पठाउन लागिएको स्वास्थ्य सामाग्रीको सङ्कलन, खरिद ढुवानीका सम्बन्धमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाअन्तरगतका २९ वटा च्याप्टरहरूको सक्रियतामा अगष्ट १५ तारिख जुम मिटिङ आयोजना गरियो धेरै जसो च्याप्टरहरूले अक्सिजनकन्सन्टेटर, पीपीपीइ सेट मास्क खरिद सङ्कलन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष बुद्धि सागरसुवेदीले कार्यसमिति आफ्नो तर्फबाट समेत अधिकतम सहयोग जुटाउन पहल गर्ने बताउनु भयो अगष्ट २७ तारिख अमेरिकाको युटाहराज्यबाट संकलित सहयोग सामाग्री नेपालका लागि पठाइँदै त्यसका लागि २३ तारिख भित्र सबै सामाग्री युटाहा पुगिसक्नु पर्ने हुन्छ कार्यक्रममा उपाध्यक्ष सुमन थापाले छोटो समयमा सहयोग सामग्री सङ्कलन खरिद साथै युटाहसम्मको ढुवानीका लागि आफ्नोपहलमा भइरहेका कामको जानकारी दिनु भएको थियो उपाध्यक्षद्वय गोपेन्द्र भट्टराई दीलु पराजुली महासचिव अन्जन कुमारचौलागाई, सचिव अनुप खनाल,युवा संयोजक त्रीभुवन पाण्डे, पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापा, बोर्ड सदस्य डाक्टर प्रकाश श्रेष्ठलेसहयोग पठाउने अभियानमा आफ्नो तर्फबाट गर्ने काम सहयोगका लागि प्रतिबद्धता जाहेर गर्नु भएको

अमेरिकी सेनाको जहाजबाट ढुवानी

गैर आवासीय नेपाली सङ्घ अमेरिकाले नेपाल सरकारलाई सहयोग स्वरूप पठाउन लागेका स्वास्थ्य उपकरण सामग्रीको ढुवानीअमेरिकी सरकारले गरिदिने भएको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स अन्तरगतको मानवीय सेवाका लागि ढुवानी सहयोग डेन्टोनकार्यक्रम मार्फत सहयोग सामग्री नेपाल पठाउन लागिएको हो अमेरिकामा रहेका प्रतिष्ठित गैर नाफा मूलक संस्थाले सङ्कलन गरेकोदान सहयोगलाई सम्बन्धित देशसम्म पुर्‍याउन सहयोग गर्ने एनआरएनए अमेरिकालाई अमेरिकी सरकारको डेन्टोन कार्यक्रमसम्मजोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व सल्लाहकार टेक्सस निवासी संकेश सुवेदीलेकार्यसमिति च्याप्टरहरुलाई अधिकतम सहयोग सामाग्री जुटाउन समेत आग्रह गर्नु भएको सुवेदीले कार्यसमितिलाई अमेरिकीसेनाको धेरै क्षमता भएको के सी १३५ जहाजले समान ढुवानी गरिदिने हुँदा ठुलो परिमाणमा पठाउन सकिने जानकारी गराउनु भएको

डेन्टोन कार्यक्रमसँग गैर आवासीय नेपाली सङ्घ अमेरिकाको सम्बन्ध जोडिनुलाई राम्रो उपलब्धिको रूपमा लिइएको नेपाल समानढुवानी गर्ने अमेरिकाको युटाह राज्यमा रहेको युटाह नेशनल गार्डको परिसर भित्र अगष्ट २३ तारिख समान पुर्‍याइसक्नु पर्ने हुन्छ युटाहनेशनल गार्डका स्टेट पार्टनरसिप कार्यक्रम निर्देशक वीलियम के बाइसीन्जरले एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीलाईइमेल मार्फत सामान आइपुग्नु पर्ने समय, जाँच पडताल उडान तालिकाको जानकारी गराउनु भएको

गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएको स्वास्थ्य सामग्री लिएर अगष्ट २७ तारिख युटाह राज्यको साल्ट लेक सिटीबाटअमेरिकी सेनाको जहाज नेपालका लागि उडान भर्नेछ नेपाल पुगेपछि सबै स्वास्थ्य सामाग्री नेपाल सरकारलाई प्रदान गरिने गैरआवासीय नेपाली सङ्घ अमेरिकाले सहयोग स्वरूप पठाएका स्वास्थ्य उपकरण सामग्रीको सही वितरण प्रयोग होस भन्नका लागिअमेरिकी सहयोग नियोग युएनडीपीले नेपाल सरकारसँग मिलेर सम्बन्धित पक्षसम्म पुर्‍याउन सहयोग गर्ने

जहाजको ढुवानी क्षमता अधिकतम भएका कारण गैर आवासीय नेपाली सङ्घ अमेरिका सहयोगी, दाता सरोकार राख्ने सबै पक्षलाईछिटो भन्दा छिटो धेरै सहयोग सङ्कलन खरिद गरी स्वास्थ्य सामाग्री २३ तारिख भित्र युटाह नेशनल गार्डको परिसरमा पुर्‍याउन अपिलगर्दछ

तोया दाहाल

प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका

मिति ०८१६२०२१

Loading...