
तालिवानले अफगानको सत्ता कब्जा गर्यो (फोटो फिचर्ड)
एजेन्सी । काबुलस्थित राष्ट्रपति भवन तालिवान विद्रोहीले
कब्जा गरेका छन् । आइतबार मात्रै काबुल प्रवेश गरेका तालिवानले पहीले देशभर कब्जा जमाएका थिए ।
वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति अशरफ गानीले देश छाडेपछि गानी देश छाडेर विदेश भागेकाथिए । राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति कार्यालयमा छिरेका हुन् ।
राष्ट्रपति कार्यालय छिरेपछि तालिवानले २० वर्षे लामो यात्रको थकाइ मारेका छन् । उनीहरुले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरूखिचेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । योसँगैअफगानिस्तानमा युद्ध सकिएको तालिवानले जनाएको छ ।
सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्ने ओसामाबिन लादेनलाई आश्रय दिने अफगानिस्तानको तालिवान सरकारविरूद्धअमेरिकाले २० वर्षअघि सैन्य कारबाही सुरू गरेको थियो । त्यो कारबाहीबाट तालिवान विस्थापित गरेको थियो ।
